YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 11:40-43

यूहन्‍ना 11:40-43 NNRV

येशूले तिनलाई भन्‍नुभयो, “के मैले तिमीलाई भनेको होइनँ, ‘तिमीले विश्‍वास गर्‍यौ भने परमेश्‍वरको महिमा देख्‍नेछौ’?” तिनीहरूले ढुङ्गो हटाए। अनि येशूले मास्‍तिर नजर उठाएर भन्‍नुभयो, “हे पिता, म तपाईंलाई धन्‍यवाद दिन्‍छु, किनकि तपाईंले मेरो बिन्‍ती सुन्‍नुभयो। मलाई थाहा छ, कि तपाईंले मेरो बिन्‍ती सधैँ सुन्‍नुहुन्‍छ। तर यहाँ उभिएका भीड़को खातिर मैले यो भनेको हुँ, ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्‍वास गरून्‌।” अनि यो कुरा भन्‍नुभएपछि उहाँ उच्‍च सोरले कराउनुभयो, “लाजरस, बाहिर निस्‍की आऊ।”