YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 11:33-43

यूहन्‍ना 11:33-43 सरल नेपाली

मरियम रोइरहेकी थिइन् र तिनीसँग आएका मानिसहरू पनि रोइरहेका थिए। यो देखेर येशू हृदयदेखि नै दु:खी हुनुभयो र सोध्‍नुभयो, “तिमीहरूले लाजरसलाई कुन चिहानमा राख्‍यौ?” तिनीहरूले भने, “प्रभु, आएर हेर्नुहोस्।” त्‍यति बेला येशू पनि रुनुभयो। यो देखेर भेला भएका मानिसहरूले एक-अर्कासँग भने, “हेर, उहाँले लाजरसलाई कति धेरै माया गर्नुहुन्‍थ्‍यो!” तर कसै-कसैले भने, “के अन्‍धालाई आँखा देख्‍ने बनाउने यिनै होइनन् र? के यिनले लाजरसलाई मर्नदेखि बचाउन सक्‍दैनथे र?” येशू फेरि हृदयदेखि नै दु:खी हुनुभयो र चिहानतिर जानुभयो। त्‍यो एउटा गुफा थियो र त्‍यसको मुख ठूलो ढुङ्गाले ढाकिएको थियो। “येशूले भन्‍नुभयो, त्‍यस ढुङ्गालाई हटाइदेओ।” लाजरसकी दिदी मार्थाले भनिन्, “प्रभु, उसलाई चिहानमा राखेको त आज चार दिन भयो, यति बेलासम्‍म त गनाइसक्‍यो होला।” येशूले तिनलाई भन्‍नुभयो, “विश्‍वास गर्‍यौ भने तिमीले परमेश्‍वरको महान् शक्ति देख्‍नेछ्यौ भनेर मैले भनेको होइनँ र?” तिनीहरूले चिहानको मुखबाट ढुङ्गा हटाए अनि येशूले स्‍वर्गतिर हेरेर भन्‍नुभयो, “धन्‍यवाद छ पिता, तपाईंले मेरो बिन्‍ती सुन्‍नुभयो। तपाईंले मेरो कुरा सधैँ सुन्‍नुहुन्‍छ, त्‍यो मलाई थाहा छ। तपाईंले मलाई संसारमा पठाउनुभएको हो भन्‍ने कुरा यहाँ भएका मानिसहरूले विश्‍वास गरून् भनेर म तपाईंलाई यो बिन्‍ती चढाउँदै छु।” यति भनिसकेपछि येशूले ठूलो सोरमा बोलाउनुभयो, “हे लाजरस, बाहिर आऊ।”

यूहन्‍ना 11 पढ्नुहोस्