YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 10:11-18

यूहन्‍ना 10:11-18 सरल नेपाली

“असल गोठालो म नै हुँ। असल गोठालोचाहिँ आफ्‍नो भेडा बचाउन मर्न पनि तयार हुन्‍छ। तर भेडा हेर्न राखेको नोकरचाहिँ ब्‍वाँसालाई देख्‍दा भेडालाई छोडेर भाग्‍छ किनभने भेडाहरू उसका आफ्‍ना होइनन्। ब्‍वाँसाले भेडाहरूलाई झम्‍टन्‍छ र तितरबितर पार्छ। ऊ नोकर मात्र हो। उसलाई भेडाहरूको वास्‍ता हुँदैन, त्‍यसैले ऊ भाग्‍छ। “असल गोठालो म नै हुँ। पिताले मलाई र मैले पितालाई चिनेजस्‍तै म मेरा भेडाहरूलाई चिन्‍छु र भेडाहरूले पनि मलाई चिन्‍छन्। म भेडाहरूको लागि आफ्‍नो जीवन नै दिन पनि तयार छु। अब यस गोठमा नभएका मेरा अरू भेडाहरू पनि छन् र मैले तिनीहरूलाई पनि ल्‍याउनुपरेको छ। तिनीहरूले मेरो सोर सुन्‍नेछन् अनि मेरा सबै भेडाहरू एउटै बगाल भएर एउटै गोठालोका हुनेछन्। “मेरो पिताले मलाई माया गर्नुहुन्‍छ किनभने म आफ्‍नो प्राणलाई सुम्‍पिन्‍छु अनि फेरि लिनेछु। कसैले यसलाई खोस्‍नेछैन, यो त म आफ्‍नो खुसीले दिनेछु। मलाई आफ्‍नो प्राण अरूको लागि दिने हक छ साथै यो प्राण फेरि फिर्ता लिने हक पनि छ। मेरा पिताले मलाई दिनुभएको आज्ञा पनि यही नै हो।”

यूहन्‍ना 10 पढ्नुहोस्