यूहन्ना 10:11-18
यूहन्ना 10:11-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म असल गोठालो हुँ। असल गोठालाले आफ्ना भेड़ाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ। भाडाको मान्छेचाहिँ भेड़ाहरूको आफ्नै गोठालोजस्तो होइन। त्यसले त ब्वाँसोलाई आएको देखेर भेड़ाहरूलाई छोडी त्यो भाग्छ, र ब्वाँसोले भेड़ाहरूलाई गाँजी लैजान्छ, र तितरबितर पारिदिन्छ। त्यो भाग्छ, किनभने त्यो भाडाको मान्छे हो, त्यसले भेड़ाको केही वास्ता गर्दैन। “म असल गोठालो हुँ, म आफ्ना भेड़ाहरूलाई चिन्छु, अनि मेरा भेड़ाहरूले मलाई चिन्छन्। जसरी पिताले मलाई चिन्नुहुन्छ, म पितालाई चिन्छु, अनि म भेड़ाहरूका लागि आफ्नो प्राण अर्पण दिन्छु। “मेरा अरू भेड़ा छन्, जो यस गोठका होइनन्। तिनीहरूलाई पनि मैले ल्याउनुपरेको छ, र तिनीहरूले मेरो सोर सुन्नेछन्, र तिनीहरू एउटै बगाल हुनेछन्, र एउटै गोठालो हुनेछ। पिताले मलाई यसैकारण प्रेम गर्नुहुन्छ, किनकि म आफ्नो प्राण फेरि फिर्ता लिने हेतुले अर्पण गर्छु। कसैले मबाट मेरो प्राण लिन सक्दैन, तर म आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्दछु। आफ्नो प्राण अर्पण गर्ने अधिकार मसित छ, अनि फेरि लिने अधिकार पनि मसित छ। यो आज्ञा मैले मेरा पिताबाट पाएको छु।”
यूहन्ना 10:11-18 नेपाली समकालीन संस्करण (NCV)
“म असल गोठालो हुँ। असल गोठालाले भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्दछ। भाडाको मालिक भेडाहरूको आफ्नै होइनन्, त्यसकारण जब त्यसले ब्वाँसो आउँदै गरेको देख्छ, तब त्यसले भेडाहरूलाई छोड्छ र भाग्छ; त्यसपछि ब्वाँसोले बगाललाई आक्रमण गर्छ र तितरबितर पारिदिन्छ। त्यो मानिसचाहिँ भाग्छ, किनकि त्यो ता भाडाको मानिस हो, र भेडाहरूका लागि त्यसले केही वास्ता गर्दैन। “असल गोठालो म नै हुँ; म आफ्ना भेडाहरूलाई चिन्छु र मेरा भेडाहरूले मलाई चिन्छन्। जसरी पिताले मलाई चिन्नुहुन्छ, र म पितालाई चिन्छु, अनि म मेरो प्राण आफ्ना भेडाहरूका लागि अर्पण गर्छु। मेरा अरू पनि भेडाहरू छन्, जो यस गोठका होइनन्। मैले तिनीहरूलाई पनि ल्याउनैपर्छ। तिनीहरूले पनि मेरो स्वर सुन्नेछन्; र त्यहाँ एउटै बगाल र एउटै गोठालो हुनेछ। मेरा पिताले मलाई प्रेम गर्नुहुने कारण यही हो कि, म आफ्नो प्राण अर्पण गर्दछु, तर त्यो फेरि फिर्ता लिनका लागि। मेरो प्राण मबाट कसैले लिन सक्दैन, तर म स्वेच्छाले यो अर्पण गर्दछु। मसँग यो अर्पण गर्ने अधिकार पनि छ र त्यो फेरि लिने अधिकार पनि छ; किनकि यो आज्ञा मैले मेरा पिताबाट प्राप्त गरेको हुँ।”
यूहन्ना 10:11-18 पवित्र बाइबल (NERV)
“म असल गोठालो हुँ। असल गोठालोले भेंडा़का निम्ति आफ्नो जीवन प्रदान गर्दछ। पैसा दिएर राखेको कर्मी र खास गोठालोमा भिन्नता हुँदछ। तलब दिएर राखेका गोठालाहरूको आफ्नो भेंडा़ हुदैन। जब उसले ब्वाँसो देख्दछ, ऊ भेंडा़लाई छाडेर भाग्दछ। तब ब्वाँसोले भेंडा़हरूमाथि आक्रमण गरेर तितर-बितर पार्दछ। किनभने ऊ तलबमा राखिएको मान्छे हो। त्यसकारणले भाग्छ। उसले भेंडा़को देखरेख गर्दैन। उसलाई भेंड़ाको चिन्ता हुँदैन। उसलाई भेंड़ासँग कुनै मतलब रहँदैन। “म त्यो गोठालो हुँ जसले भेंडा़लाई साँच्चो मनले रक्षा गर्छ। म मेरा भेंडा़हरू चिन्दछु जसरी पिताले मलाई चिन्नुहुन्छ। अनि भेंडा़ले पनि मलाई चिन्दछ जसरी म पितालाई चिन्दछु। म ती भडाहरूका लागि जीवन अर्पण गर्छु। मसँग अन्य भेंडा़हरू पनि छन्। तिनीहरू यस झुण्डमा छैनन्। मैले तिनीहरूलाई पनि अगुवाई गर्नु पर्छ। तिनीहरूले मेरो आवाज सुन्नेछन्, तब तिनीहरू एउटै झुण्डमा हुनेछन् तब त्यहाँ, एउटा बगाल अनि एउटै गोठालो हुदँछ। मेरो पिताले मलाई प्रेम गर्नुहुन्छ किनभने म मेरो जीवन दिनु तयार छु ताकि त्यो म फेरि फिर्ता पाउँनेछु। मबाट कसैले जीवन लिन सक्दैन, मेरो आफ्नै जीवन आफ्नो इच्छाले दिन्छु मेरो आफ्नो जीवन दिने अधिकार छ। अनि त्यसैलाई पुनः प्राप्त गर्न अधिकार पनि छ। यही नै त मेरा पिताले मलाई गर्नु भन्नुभयो।”
यूहन्ना 10:11-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“असल गोठालो म नै हुँ। असल गोठालोचाहिँ आफ्नो भेडा बचाउन मर्न पनि तयार हुन्छ। तर भेडा हेर्न राखेको नोकरचाहिँ ब्वाँसालाई देख्दा भेडालाई छोडेर भाग्छ किनभने भेडाहरू उसका आफ्ना होइनन्। ब्वाँसाले भेडाहरूलाई झम्टन्छ र तितरबितर पार्छ। ऊ नोकर मात्र हो। उसलाई भेडाहरूको वास्ता हुँदैन, त्यसैले ऊ भाग्छ। “असल गोठालो म नै हुँ। पिताले मलाई र मैले पितालाई चिनेजस्तै म मेरा भेडाहरूलाई चिन्छु र भेडाहरूले पनि मलाई चिन्छन्। म भेडाहरूको लागि आफ्नो जीवन नै दिन पनि तयार छु। अब यस गोठमा नभएका मेरा अरू भेडाहरू पनि छन् र मैले तिनीहरूलाई पनि ल्याउनुपरेको छ। तिनीहरूले मेरो सोर सुन्नेछन् अनि मेरा सबै भेडाहरू एउटै बगाल भएर एउटै गोठालोका हुनेछन्। “मेरो पिताले मलाई माया गर्नुहुन्छ किनभने म आफ्नो प्राणलाई सुम्पिन्छु अनि फेरि लिनेछु। कसैले यसलाई खोस्नेछैन, यो त म आफ्नो खुसीले दिनेछु। मलाई आफ्नो प्राण अरूको लागि दिने हक छ साथै यो प्राण फेरि फिर्ता लिने हक पनि छ। मेरा पिताले मलाई दिनुभएको आज्ञा पनि यही नै हो।”