यूहन्‍ना 1:32-33

यूहन्‍ना 1:32-33 सरल नेपाली

यूहन्‍नाले अझै साक्षी दिँदै भने, “मैले परमेश्‍वरको आत्‍मालाई स्‍वर्गबाट ढुकुरजस्‍तै ओर्लिएर उहाँमाथि बस्‍नुभएको देखें। मैले त उहाँलाई अझ पनि चिनेको थिइनँ, तर पानीले बप्‍तिस्‍मा दिनू भनेर मलाई पठाउनुहुनेले यसो भन्‍नुभएको थियो, ‘जुन मानिसमाथि तिमीले पवित्र आत्‍मा आएर बस्‍नुभएको देखौला, पवित्र आत्‍माले बप्‍तिस्‍मा दिने उहाँ नै हुनुहुन्‍छ।’

यूहन्‍ना 1 पढ्नुहोस्