यूहन्ना 1:32-33
यूहन्ना 1:32-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यूहन्नाले यसो भन्दै गवाही दिए, “मैले पवित्र आत्मालाई ढुकुरको रूपमा स्वर्गबाट ओर्लेर आई उहाँमाथि बस्नुभएको देखें। मैले उहाँलाई चिनेको थिइनँ, तर जसले मलाई पानीले बप्तिस्मा दिनू भनी पठाउनुभयो, उहाँले नै मलाई भन्नुभयो, ‘जसमाथि तिमी पवित्र आत्मालाई ओर्लंदै र बस्दैगर्नुभएको देख्छौ, पवित्र आत्माले बप्तिस्मा दिनुहुने उहाँ नै हुनुहुन्छ।’
यूहन्ना 1:32-33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि यूहन्नाले यो गवाही दिए, “मैले पवित्र आत्मालाई ढुकुरझैँ स्वर्गबाट ओर्लिआएर उहाँमाथि बस्नुभएको देखेँ। मैले उहाँलाई चिनेको थिइनँ। तर जसले मलाई पानीले बप्तिस्मा दिनू भनी पठाउनुभयो, उहाँले मलाई भन्नुभयो, ‘जुन मानिसमाथि पवित्र आत्मा ओर्लंदै गर्नुभएको तिमीले देख्नेछौ, पवित्र आत्माले बप्तिस्मा दिनुहुने उहाँ नै हुनुहुन्छ।’
यूहन्ना 1:32-34 पवित्र बाइबल (NERV)
तब यूहन्नाले भने, “ख्रीष्ट को थिए भनेर पनि जान्दिन थिएँ। तर परमेश्वरले मलाई पानीले मानिसहरूलाई बप्तिस्मा दिन पठाउनु भएको हो। अनि परमेश्वरले मलाई भन्नुभयो, ‘तिमीले आत्मा ओर्लिदै एक जना मानिसमाथि बसेको देख्नेछौ। त्यही मानिसले पवित्र आत्माद्वारा बप्तिस्मा दिनेछन्।’” यूहन्नाले भने, “मैले यो सबै भइरहेको देखेकोछु। मैले स्वर्गबाट आत्मा ओर्लँदै गरेको देखें। मैले पवित्र आत्मालाई ढुक्कुर जस्तै देखें अनि उहाँमाथि बसेको देखें। मैले यो देखेको हुँ र म गवाही पनि दिन्छु कि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ।”
यूहन्ना 1:32-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यूहन्नाले अझै साक्षी दिँदै भने, “मैले परमेश्वरको आत्मालाई स्वर्गबाट ढुकुरजस्तै ओर्लिएर उहाँमाथि बस्नुभएको देखें। मैले त उहाँलाई अझ पनि चिनेको थिइनँ, तर पानीले बप्तिस्मा दिनू भनेर मलाई पठाउनुहुनेले यसो भन्नुभएको थियो, ‘जुन मानिसमाथि तिमीले पवित्र आत्मा आएर बस्नुभएको देखौला, पवित्र आत्माले बप्तिस्मा दिने उहाँ नै हुनुहुन्छ।’