जुन वर्ष एबील-मरोदक बेबिलोनका राजा भए, त्यही वर्ष उनले यहूदाका राजा यहोयाकीनमाथि दया देखाए र उनलाई कैदबाट मुक्त गरिदिए। यहोयाकीन कैदमा लगिएपछि सैंतीसौं वर्षको बाह्र महिनाको पच्चीसौं दिनमा उनी कैदबाट छोडिए। एबील-मरोदकले उनीसित दयालु व्यवहार गरे र उनीसित बेबिलोनमा कैदी भई बसेका अरू राजाहरूलाई भन्दा बढ्ता सम्मान उनलाई दिए। यसरी यहोयाकीनले कैदको लुगा उतारे र आफ्नो बाँकी जीवनभरि राजासित उनको टेबिलमा बसेर भोजन गरे।
यर्मिया 52 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 52:31-33
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू