एक दिन सिदकियाह राजाले मलाई मन्दिरको तेस्रो ढोकामा बोलाउन पठाए र त्यहाँ मलाई भेटेर भने, “म तिमीलाई एउटा कुरा सोध्छु, मबाट केही कुरा नलुकाऊ।” यर्मियाले सिदकियालाई भने, “मैले तपाईंलाई साँचो कुरा बताएँ भने तपाईंले मेरो ज्यान लिनुहुनेछ अनि मैले केही सर-सल्लाह दिएँ भने पनि तपाईंले सुन्नुहुनेछैन।” सिदकियाह राजाले गुप्तमा यर्मियासित यसो भनेर शपथ खाए, “जीवित परमप्रभु, जसले हामीलाई जीवन दिनुभयो, उहाँलाई साक्षी राखी म वचन दिंदछु, म तिमीलाई मार्नेछैनँ न त तिम्रो ज्यान लिन खोज्ने मानिसहरूका हातमा तिमीलाई सुम्पनेछु।” तब मैले सिदकियाहलाई सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरका यी वचन सुनाएँ, “तैँले बेबिलोनका राजा भारदारहरूको शरण लिइस् भने तेरो प्राण बाँच्नेछ र यो सहर जलेर भस्म हुनेछैन। तँ र तेरा परिवार बाँच्नेछन्। तर तैँले उसको अघि आफूलाई समर्पण गरिनस् भने यो सहर बेबिलोनीहरूका हातमा दिइनेछ र तिनीहरूले यसलाई आगोले भस्म पार्नेछन् र तँ तिनीहरूका हातबाट भाग्न पाउनेछैनस्।” तर राजाले जवाफ दिए, “हामीलाई त्यागेर बेबिलोनीहरूतर्फ लाग्ने हाम्रा देशका मानिसहरूसित मलाई डर लाग्छ। बेबिलोनीहरूले मलाई तिनीहरूका हातमा सुम्पिदेलान् र तिनीहरूले मलाई सताउलान्।” मैले भनें, “बेबिलोनीहरूले तपाईंलाई तिनीहरूका हातमा सुम्पिदिनेछैनन्। बिन्ती छ, तपाईंले परमप्रभुको सन्देश मान्नुहोस्, त्यसो भए तपाईंको भलाइ हुनेछ र प्राण बाँच्नेछ।
यर्मिया 38 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 38:14-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू