तब सिदकियाह राजाले यर्मिया अगमवक्तालाई बोलाइपठाए, र परमप्रभुका मन्दिरको तेस्रो मूल ढोकामा तिनलाई ल्याउन लगाए। राजाले यर्मियालाई भने, “म तिमीसित केही कुरा सोध्नेछु। मदेखि केही कुरा पनि नलुकाऊ।” यर्मियाले सिदकियाहलाई भने, “मैले तपाईंलाई जवाफ दिएँ भने, के तपाईंले मलाई मार्नुहुन्न? मैले तपाईंलाई सल्लाह दिएँ भने पनि तपाईंले त्यो सुन्नुहुन्न।” तर सिदकियाह राजाले गुप्तमा यर्मियासित यसो भनेर शपथ खाए, “जीवित परमप्रभु, जसले हामीलाई सास दिनुभयो, उहाँकै नाउँमा शपथ खाएर भन्दैछु, म तिमीलाई मार्नेछैनँ, न त तिम्रो ज्यान लिन खोज्ने मानिसहरूका हातमा तिमीलाई सुम्पनेछु।” तब यर्मियाले सिदकियाहलाई भने, “सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘यदि बेबिलोनको राजाका अधिकृतहरूका हातमा तैंले आफैलाई सुम्पिदिइस् भने तेरो प्राण बाँच्नेछ, अनि यो सहर जलाइनेछैन, र तेरो घरानासहित तँ बाँच्नेछस्। तर तैंले आफूलाई बेबिलोनको राजाका अधिकृतहरूका हातमा सुम्पिदिइनस् भनेता यो सहर बेबिलोनीहरूका हातमा दिइनेछ, र उनीहरूले यसलाई जलाइदिनेछन्, र तँ उनीहरूका हातबाट उम्कनेछैनस्’।” तब सिदकियाह राजाले यर्मियालाई भने, “बेबिलोनीहरूकहाँ भागेर गएका यहूदीहरूसित मलाई डर लाग्दैछ। किनकि बेबिलोनीहरूले मलाई तिनीहरूका हातमा सुम्पिदिए भनेता तिनीहरूले मसँग दुर्व्यवहार गर्नेछन्।” यर्मियाले जवाफ दिए, “उनीहरूले तपाईंलाई तिनीहरूका हातमा सुम्पिनेछैनन्। मैले तपाईंलाई भनेका परमप्रभुको वचन पालन गर्नुहोस् र तपाईंको भलो हुनेछ, र तपाईंको प्राण बाँच्नेछ।
यर्मिया 38 पढ्नुहोस्
सुन्नुहोस् यर्मिया 38
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 38:14-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू