त्यसपछि परमप्रभु इस्राएलका परमेश्वरले मलाई यहूदा र यरूशलेमका मानिसहरूकहाँ गएर यसो भन्ने आदेश दिनुभयो, “म सर्वशक्तिमान् परमप्रभु तिमीहरूलाई सोध्दछु कि तिमीहरू किन मेरा कुरा सुन्न र मेरा आदेश पालन गर्न मान्दैनौ? योनादाबका छोरा, नातिहरूले दाखमद्य नपिउनू भन्ने उसको आज्ञा मानिआएका छन् र आजसम्म तिनीहरू कसैले त्यो पिउँदैनन्। तर म भने तिमीहरूसित बोलिरहेकै छु तापनि तिमीहरू मेरा आज्ञापालन नगरी बस्छौ। मैले मेरा सबै सेवक अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाइ नै रहें र तिनीहरूले तिमीहरूलाई दुष्कर्म त्याग्नू र उचित काम गर्नू भनेका छन्। अन्य देवताको पूजा र सेवा नगर्नू र मैले तिमीहरू र तिम्रा पुर्खाहरूलाई दिएका देशमा तिमीहरू रहन पाउनेछौ भनी तिनीहरूले तिमीहरूलाई चेतावनी दिएका छन्। तर तिमीहरूले मेरा कुरा सुन्दैनौ, मेरो वचनमा ध्यान दिंदैनौ।
यर्मिया 35 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 35:12-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू