YouVersion लोगो
खोज आइकन

यर्मिया 35:12-15

यर्मिया 35:12-15 पवित्र बाइबल (NERV)

तब परमप्रभुको वचन यर्मियाकहाँ आयो: “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘यर्मिया, जाऊ अनि यो सन्देश यहूदा र यरूशलेमका मानिसहरूलाई भन के तिमीहरूले शिक्षा नलिने अनि मेरो आदेश पालन नगर्ने?’ परमप्रभु भन्नुहुन्छ, ‘रेकाबको छोरो योनादाबले आफ्ना छोराहरूलाई दाखरस नखानु भनेर आदेश गरे अनि त्यो आदेश पालन गरियो। आज पर्यन्त योनादाबका सन्तानहरूले आफ्ना पिता-पुर्खाहरूका आज्ञा पालन गरे। तिनीहरू दाखरस पिउँदैनन्। तर मैले तिमीहरूलाई एकोहोरो भनिरहेकोछु तर तिमीहरूले मेरो आज्ञाहरू पालन गरेका छैनौ। मैले मेरा दास अगमवक्ताहरू तिमीहरूकहाँ घरिघरि पठाएकोछु। अगमवक्ताहरूले तिमीहरूलाई भनेकाछन्, “तिनीहरू प्रत्येकले खराब कामबाट अलग रहनु पर्छ। तिमीहरू सबै असल हुनै पर्छ। तिमीहरूले अरू देवताहरूको अनुशरण र सेवा गर्नु हुँदैन। यदि मेरो आज्ञा पालन गरे यो देश जुन मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएकोछु यहाँ बस्नेछौ।” तर तिमीहरूले मेरो कुरा सुनेनौ।

शेयर गर्नुहोस्
यर्मिया 35 पढ्नुहोस्

यर्मिया 35:12-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: “सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: यहूदाका मानिसहरू र यरूशलेमका बासिन्‍दाहरूलाई गएर भन्, ‘के तिमीहरू शिक्षा सिक्‍दैनौ र मेरा वचन पालन गर्दैनौ?’ परमप्रभु भन्‍नुहुन्‍छ। रेकाबको छोरो योनादाबले आफ्‍ना सन्‍तानलाई ‘तिमीहरूले दाखमद्य नखानू’ भनेर दिएको आज्ञा तिनीहरूले मान्‍दैआएका छन्‌। तिनीहरू आजसम्‍म दाखमद्य खाँदैनन्, किनभने तिनीहरूले आफ्‍ना पुर्खाको आज्ञा पालन गरेका छन्‌। तर मैले तिमीहरूलाई घरीघरी भन्‍दैआएँ, तापनि तिमीहरूले मेरो कुरा मानेका छैनौ। मैले तिमीहरूकहाँ मेरा सबै दास अगमवक्ताहरूलाई घरीघरी पठाएँ। तिनीहरूले भने, “तिमीहरू हरेक अब आ-आफ्‍नो दुष्‍ट मार्गबाट फर्क, र आफ्‍ना क्रियाकलाप सुधार, र अन्‍य देवताहरूको सेवा गर्न तिनीहरूका पछि नलाग। तब मात्र मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको देशमा तिमीहरू रहन पाउनेछौ।” तर तिमीहरूले मेरो कुरामा ध्‍यान दिएनौ, अथवा मेरा कुरा सुनेनौ।

यर्मिया 35:12-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब याहवेहको यो वचन यर्मियाकहाँ आयो: “सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: गएर यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई भन्, ‘के तिमीहरूले पाठ सिक्दैनौ र मेरा कुराहरू पालन गर्दैनौ?’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। ‘रेकाबको छोरा योनादाबले आफ्ना छोराहरूलाई दाखमद्य नपिउनू भनी आदेश दियो, र तिनीहरूले त्यस आज्ञालाई पालन गरेका छन्। आजको दिनसम्म तिनीहरू दाखमद्य पिउँदैनन्; किनकि तिनीहरूले आफ्ना पुर्खाको आज्ञापालन गर्छन्। तर मैले तिमीहरूलाई बारम्बार भन्दै आएको छु, तापनि तिमीहरूले मेरा आज्ञापालन गरेका छैनौ। मैले घरी-घरी तिमीहरूकहाँ आफ्ना सेवक अगमवक्ताहरूलाई पठाएँ। तिनीहरूले भने, “तिमीहरू हरेकले तिमीहरूका दुष्‍ट चालहरूबाट फर्क! आफ्ना कामहरू सुधार! अन्य देवताहरूको सेवा गर्न तिनीहरूको पछि नलाग। तब मैले तिमीहरू र तिमीहरूका पितापुर्खाहरूलाई दिएको देशमा तिमीहरू बस्‍नेछौ।” तर तिमीहरूले मेरो वचनमा ध्यानै दिएनौ, अथवा मेरो कुरालाई सुनेनौ।

शेयर गर्नुहोस्
यर्मिया 35 पढ्नुहोस्

यर्मिया 35:12-15 पवित्र बाइबल (NERV)

तब परमप्रभुको वचन यर्मियाकहाँ आयो: “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘यर्मिया, जाऊ अनि यो सन्देश यहूदा र यरूशलेमका मानिसहरूलाई भन के तिमीहरूले शिक्षा नलिने अनि मेरो आदेश पालन नगर्ने?’ परमप्रभु भन्नुहुन्छ, ‘रेकाबको छोरो योनादाबले आफ्ना छोराहरूलाई दाखरस नखानु भनेर आदेश गरे अनि त्यो आदेश पालन गरियो। आज पर्यन्त योनादाबका सन्तानहरूले आफ्ना पिता-पुर्खाहरूका आज्ञा पालन गरे। तिनीहरू दाखरस पिउँदैनन्। तर मैले तिमीहरूलाई एकोहोरो भनिरहेकोछु तर तिमीहरूले मेरो आज्ञाहरू पालन गरेका छैनौ। मैले मेरा दास अगमवक्ताहरू तिमीहरूकहाँ घरिघरि पठाएकोछु। अगमवक्ताहरूले तिमीहरूलाई भनेकाछन्, “तिनीहरू प्रत्येकले खराब कामबाट अलग रहनु पर्छ। तिमीहरू सबै असल हुनै पर्छ। तिमीहरूले अरू देवताहरूको अनुशरण र सेवा गर्नु हुँदैन। यदि मेरो आज्ञा पालन गरे यो देश जुन मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएकोछु यहाँ बस्नेछौ।” तर तिमीहरूले मेरो कुरा सुनेनौ।

शेयर गर्नुहोस्
यर्मिया 35 पढ्नुहोस्

यर्मिया 35:12-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसपछि परमप्रभु इस्राएलका परमेश्‍वरले मलाई यहूदा र यरूशलेमका मानिसहरूकहाँ गएर यसो भन्‍ने आदेश दिनुभयो, “म सर्वशक्तिमान् परमप्रभु तिमीहरूलाई सोध्‍दछु कि तिमीहरू किन मेरा कुरा सुन्‍न र मेरा आदेश पालन गर्न मान्‍दैनौ? योनादाबका छोरा, नातिहरूले दाखमद्य नपिउनू भन्‍ने उसको आज्ञा मानिआएका छन् र आजसम्‍म तिनीहरू कसैले त्‍यो पिउँदैनन्। तर म भने तिमीहरूसित बोलिरहेकै छु तापनि तिमीहरू मेरा आज्ञापालन नगरी बस्‍छौ। मैले मेरा सबै सेवक अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाइ नै रहें र तिनीहरूले तिमीहरूलाई दुष्‍कर्म त्‍याग्‍नू र उचित काम गर्नू भनेका छन्। अन्‍य देवताको पूजा र सेवा नगर्नू र मैले तिमीहरू र तिम्रा पुर्खाहरूलाई दिएका देशमा तिमीहरू रहन पाउनेछौ भनी तिनीहरूले तिमीहरूलाई चेतावनी दिएका छन्। तर तिमीहरूले मेरा कुरा सुन्‍दैनौ, मेरो वचनमा ध्‍यान दिंदैनौ।

शेयर गर्नुहोस्
यर्मिया 35 पढ्नुहोस्