YouVersion लोगो
खोज आइकन

यर्मिया 35:12-15

यर्मिया 35:12-15 NNRV

तब परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: “सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: यहूदाका मानिसहरू र यरूशलेमका बासिन्‍दाहरूलाई गएर भन्, ‘के तिमीहरू शिक्षा सिक्‍दैनौ र मेरा वचन पालन गर्दैनौ?’ परमप्रभु भन्‍नुहुन्‍छ। रेकाबको छोरो योनादाबले आफ्‍ना सन्‍तानलाई ‘तिमीहरूले दाखमद्य नखानू’ भनेर दिएको आज्ञा तिनीहरूले मान्‍दैआएका छन्‌। तिनीहरू आजसम्‍म दाखमद्य खाँदैनन्, किनभने तिनीहरूले आफ्‍ना पुर्खाको आज्ञा पालन गरेका छन्‌। तर मैले तिमीहरूलाई घरीघरी भन्‍दैआएँ, तापनि तिमीहरूले मेरो कुरा मानेका छैनौ। मैले तिमीहरूकहाँ मेरा सबै दास अगमवक्ताहरूलाई घरीघरी पठाएँ। तिनीहरूले भने, “तिमीहरू हरेक अब आ-आफ्‍नो दुष्‍ट मार्गबाट फर्क, र आफ्‍ना क्रियाकलाप सुधार, र अन्‍य देवताहरूको सेवा गर्न तिनीहरूका पछि नलाग। तब मात्र मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको देशमा तिमीहरू रहन पाउनेछौ।” तर तिमीहरूले मेरो कुरामा ध्‍यान दिएनौ, अथवा मेरा कुरा सुनेनौ।