YouVersion लोगो
खोज आइकन

यर्मिया 32:37-41

यर्मिया 32:37-41 सरल नेपाली

मैले आफ्‍नो रिस र प्रचण्‍ड क्रोधमा तितर-बितर पारेका मानिसहरूलाई देशदेशबाट यस ठाउँमा फर्काई ल्‍याउनेछु र यहाँ कुशलसाथ बास गर्न दिनेछु। तब तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूका परमेश्‍वर हुनेछु। म तिनीहरूलाई जीवनमा एउटै उद्देश्‍य र एउटै मन दिनेछु। त्‍यो हो, सबै समय मलाई सम्‍मान दिनु। यसो गर्नमा तिनीहरूका आफ्‍ना र पछिका सन्‍तानहरूको निम्‍ति भलाइ छ। म तिनीहरूसित एउटा अनन्‍तको करार बाँध्‍नेछु। तिनीहरूको भलाइ हुने काम गर्न म कहिल्‍यै छोड्‍नेछैनँ र म तिनीहरूलाई आफ्‍ना सम्‍पूर्ण हृदयले मलाई डर मान्‍नेहरू बनाउनेछु र तिनीहरू कहिल्‍यै मदेखि तर्की जानेछैनन्। तिनीहरूको भलाइ हुने काम गर्नमा म आनन्‍दित हुनेछु र पूरा मनले सदाकालको निम्‍ति म तिनीहरूलाई यस देशमा बसाल्‍नेछु।

यर्मिया 32 पढ्नुहोस्