YouVersion लोगो
खोज आइकन

यर्मिया 31:3-6

यर्मिया 31:3-6 सरल नेपाली

म टाढाबाट आएर तिनीहरूकहाँ देखा परें। हे इस्राएलीहरू हो, मैले तिमीहरूलाई सधैँ प्रेम गरेको छु र मैले तिमीहरूलाई मेरो अनन्‍त प्रेमले प्रेम गरेको छु। फेरि एक पल्‍ट म तिमीहरूलाई निर्माण गर्नेछु। फेरि एक पल्‍ट खैँजडी लिएर तिमीहरू आनन्‍दले नाच्‍नेछौ। फेरि एक पल्‍ट तिमीहरूले सामरियाका डाँडाहरूमा दाखबारी लाउनेछौ र आफ्‍ना दाखबारीको फल खानेछौ। हो, त्‍यो समय आउँदै छ, जब एफ्राइमका डाँडाहरूमा पहरादारले यसो भनेको सोर सुनिनेछन्, ‘हामी सियोनमा आफ्‍ना परमप्रभु परमेश्‍वरकहाँ जाऔं’।”

यर्मिया 31 पढ्नुहोस्