YouVersion लोगो
खोज आइकन

यर्मिया 31:3-6

यर्मिया 31:3-6 NNRV

परमप्रभु विगत समयमा हामीकहाँ यसो भन्‍दै देखा पर्नुभयो: “सधैँभरि रहने प्रेमले मैले तँलाई प्रेम गरेको छु। मैले तँलाई दया गरी खिँचेको छु। म फेरि तँलाई निर्माण गर्नेछु, र हे कुमारी इस्राएल, तँ फेरि बनाइनेछस्‌। तँ फेरि आफ्‍ना खैँजड़ी लिएर आनन्‍द मनाउनेहरूका साथ नाचमा तँ निस्‍कनेछस्‌। सामरियाका डाँड़ाहरूमा तैंले फेरि दाखका बोटहरू लगाउनेछस्‌। किसानहरूले ती रोप्‍नेछन्, र तिनका फल खानेछन्‌। यस्‍तो दिन आउनेछ, जब एफ्राइमको पहाड़ी देशमा पहरादारहरू यसरी कराउनेछन्, ‘आओ, हामी सियोनमा परमप्रभु हाम्रा परमेश्‍वरकहाँ जाऔं’।”