यहोशूका पुस्ताका सबै मानिसहरू मरेर गए। त्यसपछिका पुस्ताले परमप्रभु र उहाँले इस्राएलीहरूका निम्ति गर्नुभएका सारा कामलाई बिर्से। तब इस्राएलीहरूले बालदेवतालाई पुज्न थाले र परमप्रभुको विरुद्धमा पाप गरे। पिता-पुर्खाका परमेश्वर परमप्रभु, जसले तिनीहरूलाई मिश्रदेशदेखि उद्धार गर्नुभएको थियो, तिनीहरूले उहाँलाई पुज्न छोडे। अरू देवताहरू, आफ्ना चारैपट्टि बास गर्ने मानिसहरूका देवताहरू, तिनीहरूले पुज्न थाले। देवताहरूका अघि तिनीहरू शिर निहुराउँथे र परमप्रभुलाई क्रोधित गराउँथे। परमप्रभुको भक्ति छोडेर बाल र अश्तोरेत देवतालाई तिनीहरूले पुज्थे। यसकारण इस्राएलीहरूसँग परमप्रभु औधी रिसाउनुभयो र दुश्मन र डाँकाहरूलाई तिनीहरूमाथि लुटमार गर्न दिनुभयो। अनि उहाँले चारैतिरका शत्रुहरूलाई तिनीहरूमाथि दमन गर्नलाई छोडिदिनुभयो। इस्राएलीहरू अब आफ्नै रक्षा गर्न नसक्ने भए। जतिचोटि तिनीहरू युद्ध गर्न निस्कन्थे, उहाँले भनेअनुसार परमप्रभु तिनीहरूका विरुद्धमा खडा हुनुहुन्थ्यो। इस्राएलीहरू महासङ्कष्टमा परे। तब परमप्रभुले इस्राएलीहरूलाई यस्ता अगुवाहरू दिनुभयो, जसले तिनीहरूलाई आक्रमणकारीदेखि रक्षा गर्न सक्थे। तर इस्राएलीहरूले ती अगुवाहरूको वास्ता गरेनन्। तिनीहरू परमप्रभुप्रति विश्वासयोग्य भएनन् र अन्य देवताहरू पुजिरहे। तिनका पिता-पुर्खाले परमप्रभुको आज्ञापालन गरेका थिए; तर नयाँ पिँढीले त्यसो गर्न छोड्यो। जहिले-जहिले परमप्रभुले इस्राएलकहाँ अगुवा पठाइदिनुहुन्थ्यो, उहाँले उसलाई मद्दत गर्नुहुन्थ्यो र उसको जीवनकालभरि शत्रुहरूदेखि तिनीहरूको रक्षा गर्नुहुन्थ्यो। परमेश्वरले तिनीहरूमाथि कृपा गर्नुहुन्थ्यो किनभने पीडा र सङ्कष्टमा तिनीहरू विलाप गर्दै कराउँथे। तर अगुवा मरेपछि इस्राएलीहरू पुराना चालमा नै फर्किजान्थे र पछिल्लो पीडा अघिल्लो पीडाभन्दा अझ दुष्ट हुन्थ्यो। तिनीहरू अरू देवता मान्थे अनि आफ्ना दुष्कर्ममा हठी बनेर लागिरहन्थे।
न्यायकर्ता 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: न्यायकर्ता 2:10-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू