तिमीहरूका बीचमा लडाइँ र झैझगडा कहाँबाट आउँछन्? मोजमज्जा गर्ने चाहनाले होइन र? जुनचाहिँ तिमीहरूका मनभित्र तँछाड र मछाड गरिरहेका हुन्छन्। आफूले चाहना गरेको कुरा नभेट्दा नै मारकाट चल्छ। तिमीहरूलाई कुनै कुरा नभई हुँदैन अनि त्यो पाउन नसक्दा लडाइँ र झैझगडा गर्छौ। परमेश्वरसँग नमागेकोले तिमीहरूले खोजेको कुरा पाउँदैनौ। माग्यौ भने पनि तिमीहरू मोज-मज्जा गर्ने दुष्ट विचारले माग्छौ र पाउँदैनौ। अविश्वासी मानिसहरू हो! संसारलाई माया गर्ने परमेश्वरको शत्रु हुन्छ भनी तिमीहरूलाई थाहा छैन? संसारलाई मित्र बनाउन खोज्नेले परमेश्वरलाई आफ्नो शत्रु बनाउँछ। “परमेश्वरले हामीभित्र राखिदिनुभएको आत्माचाहिँ तृष्णाले भरिएको हुन्छ,” भन्ने धर्मशास्त्रमा लेखिएको कुरा व्यर्थको नठान। तर उहाँले गर्नुभएको अनुग्रह अझ बलियो छ। धर्मशास्त्रमा लेखिएको छ, “परमेश्वरले घमण्डीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूमाथि अनुग्रह खन्याउनुहुन्छ।” यसैकारण परमेश्वरको अधीनमा बस। शैतानको विरोध गर र त्यो तिमीहरूदेखि भाग्नेछ। तिमीहरू परमेश्वरको नजिक आओ र परमेश्वर पनि तिमीहरूको नजिक आउनुहुनेछ। पापीहरू हो, आफ्ना हात धोई सफा गर। कपटीहरू हो, आफ्नो मन शुद्ध पार। तिमीहरू रोओ, चिच्याओ र विलाप गर। तिमीहरूका हाँसोको खित्का रुवाइमा बदल। तिमीहरूका आनन्द दु:खमा बदलिओस्। प्रभुको अघि नम्र बन र उहाँले तिमीहरूलाई उचाल्नुहुनेछ। दाजुभाइहरू, कसैको विरुद्ध नराम्रो नभन। आफ्ना विश्वासी दाजु वा भाइको विरुद्ध नराम्रो भन्ने र दोष लगाउने व्यक्ति व्यवस्थाकै विरोधमा बोल्छ र व्यवस्थालाई दोष लगाउँछ। तिमीले व्यवस्थाको न्याय गर्यौ भने तिमी यसको पालना गर्ने होइन तर न्याय गर्ने बन्छौ। परमेश्वर मात्र व्यवस्था दिने र न्याय गर्ने हुनुहुन्छ। बचाउने र नाश गर्न सक्ने उहाँ मात्र हुनुहुन्छ। आफैंलाई के सम्झन्छौ र आफ्नो छिमेकीहरूलाई दोष लगाउँछौ?
याकूब 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: याकूब 4:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू