YouVersion लोगो
खोज आइकन

यशैया 56:6-8

यशैया 56:6-8 सरल नेपाली

उहाँका प्रजासित मिली सहभागी हुने विदेशीहरू, जसले उहाँलाई प्रेम गर्छन्, उहाँको सेवा गर्छन्, विश्रामको दिन मान्‍छन् र उहाँको करार विश्‍वासयोग्‍यतासाथ पालन गर्छन्, तिनीहरूलाई परमप्रभु भन्‍नुहुन्‍छ, “मेरो पवित्र डाँडा सियोनमा म तिमीहरूलाई ल्‍याउनेछु र मेरो प्रार्थनाको भवनमा तिमीहरूलाई हर्षित तुल्‍याउनेछु र मेरो वेदीमा तिमीहरूले चढाएका बलिहरू ग्रहण गर्नेछु। मेरो मन्‍दिर सबै जातिहरूको निम्‍ति प्रार्थनाको भवन कहलाइनेछ।” आफ्‍ना प्रजा इस्राएललाई विदेशका कैदबाट घर फर्काई ल्‍याउनुहुने सार्वभौम परमप्रभुले भन्‍नुभएको छ कि म अरू जातिहरूलाई पनि तिनीहरूसित जम्‍मा हुन ल्‍याउनेछु।

यशैया 56 पढ्नुहोस्