“परमप्रभुको सेवा गर्न, परमप्रभुको नाउँलाई प्रेम गर्न र उहाँको आराधना गर्न, शबाथ-दिन बिटुलो नपारी मान्न र मेरो करार पालन गर्न परमप्रभुमा बाँधिएका सबै विदेशीहरूलाई म मेरो पवित्र पर्वतमा ल्याएर मेरो प्रार्थनाको घरमा आनन्दित तुल्याउनेछु। तिनीहरूका होमबलि र बलिदानहरू मेरो वेदीमा ग्रहणयोग्य हुनेछन्, किनकि मेरो भवन सबै जातिहरूका निम्ति प्रार्थनाको घर भनिनेछ।” इस्राएलका निकालिएकाहरूलाई भेला गराउनुहुने— परमप्रभु परमेश्वर यो घोषणा गर्नुहुन्छ, “भेला भइसकेकाहरू बाहेक म तिनीहरूकहाँ अझै अरूलाई पनि भेला गर्नेछु।”
यशैया 56 पढ्नुहोस्
सुन्नुहोस् यशैया 56
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 56:6-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू