YouVersion लोगो
खोज आइकन

यशैया 55:1-11

यशैया 55:1-11 सरल नेपाली

परमप्रभु भन्‍नुहुन्‍छ, “हे तिर्खाएकाहरू हो, यहाँ आओ, यहाँ पानी छ! हे रकम-पैसा नभएकाहरू हो, अन्‍न किनेर खाओ! आएर सित्तैंमा दाखमद्य र दूध किन! जे कुराले सन्‍तोष दिँदैन, त्‍यसमा किन पैसा खर्च गर्छौ? किन तिमीहरू परिश्रम गरेर अझ भोकै बस्‍छौ? मेरो कुरामा कान थाप र मैले भनेझैँ गर र तिमीहरूले सबैभन्दा असल भोजनको स्‍वाद लिन पाउनेछौ। “हे मानिसहरू हो, मेरो कुरा सुन र मकहाँ आओ र सुन तिमीहरूले जीवन पाउनेछौ! म तिमीहरूसित एउटा अनन्‍त करार बाँध्‍नेछु। मैले दाऊदलाई प्रतिज्ञा गरेका आशिष्‌हरू तिमीहरूलाई दिनेछु। मैले त्‍यसलाई जातिहरूका बीच एउटा अगुवा र सेनापति बनाएँ र त्‍यसद्वारा आफ्‍नो शक्ति तिनीहरूलाई देखाएँ। अब तिमीहरूले विदेशी जातिहरूलाई बोलाउनेछौ, तिनीहरूले एक समय तिमीहरूलाई चिन्‍दैनथे, तर अब तिमीहरूसित मिल्‍न दगुरेर आउनेछन्! म परमप्रभु, तिमीहरूका परमेश्‍वर, इस्राएलका पवित्र परमेश्‍वरले यो गरेर नै छोड्‍नेछु, म तिमीहरूलाई मान र गौरव दिनेछु।” जब परमप्रभु नजिक हुनुहुन्‍छ, उहाँतिर फर्क र उहाँलाई बिन्‍ती गर। दुष्‍टहरूले आफ्‍नो बाटो छोडून् र आफ्‍नो विचार त्‍यागून्। तिनीहरू परमप्रभु हाम्रा परमेश्‍वरतिर फर्कून्, उहाँ करुणामय हुनुहुन्‍छ र प्रशस्‍त गरी क्षमा गर्नुहुन्‍छ। परमप्रभु भन्‍नुहुन्‍छ, “मेरा सोच-विचार तिमीहरूका जस्‍ता छैनन्, मेरा चाल तिमीहरूका भन्दा बेग्‍लै छन्। आकाश पृथ्‍वीभन्दा जति अग्‍लो छ, त्‍यत्ति नै तिमीहरूका भन्दा मेरा चाल र सोच-विचारहरू अग्‍ला छन्। “मेरो वचन पृथ्‍वीलाई भिजाउन आकाशबाट झर्ने वर्षा र हिउँजस्‍तो छ; त्‍यसले जमिन नभिजाई फर्कंदैन र त्‍यसले छर्नलाई बिउ र खानालाई भोजन दिन्‍छ। मेरो मुखबाट निस्‍कने वचन पनि त्‍यस्‍तै छ, मैले इच्‍छा गरेको काम त्‍यसले पूरा गरिछोड्‍नेछ, जुन काम गर्न म त्‍यसलाई पठाउनेछु, ती पूरा गरिछोड्‍नेछ।

यशैया 55 पढ्नुहोस्