YouVersion लोगो
खोज आइकन

यशैया 42:1-9

यशैया 42:1-9 सरल नेपाली

परमप्रभु भन्‍नुहुन्‍छ, “यो मेरो सेवक हो, जसलाई म बल दिँदछु, जसलाई मैले छानेको छु, जोसित म खुसी छु। मैले त्‍यसलाई मेरो आत्‍माले भरेको छु र त्‍यसले प्रत्‍येक जातिमा न्‍याय ल्‍याउनेछ। त्‍यो चिच्‍च्‍याउनेछैन वा सोर उचाल्‍नेछैन, बाटो-बाटोमा जोडले बोली सुनाउनेछैन। त्‍यसले नुहेको निगालोलाई भाँच्‍नेछैन, निभ्‍न लागेको दियोलाई निभाउनेछैन, त्‍यसले सबैसित अटल न्‍याय गरिदिनेछ। त्‍यसले आफ्‍नो आशा र साहस हराउनेछैन, त्‍यसले पृथ्‍वीमा न्‍याय स्‍थिर गर्नेछ, टाढा-टाढाका देशहरूले उत्‍सुक भई त्‍यसका व्‍यवस्‍थामा आशा राख्‍नेछन्।” परमेश्‍वरले आकाश बनाएर टाँग्‍नुभयो। उहाँले पृथ्‍वी र त्‍यसका सारा प्राणी सृजना गर्नुभयो। पृथ्‍वीका सबै मानिसहरूमा सास र जीवन हालिदिनुभयो। अब परमप्रभु परमेश्‍वर आफ्‍नो सेवकलाई भन्‍नुहुन्‍छ, “पृथ्‍वीमा न्‍याय होस् भनी म, परमप्रभुले मेरो धार्मिकताअनुसार तँलाई बोलाएको छु र तँलाई सम्हाल्‍नेछु। तँद्वारा म जाति-जातिसित एउटा करार बाँध्‍नेछु, तँद्वारा म जाति-जातिमा ज्‍योति दिनेछु। तैँले अन्‍धाका आँखा खोलिदिनेछस्, अँध्‍यारो झ्‍यालखानमा बसेकाहरूलाई त्‍यहाँबाट छुटाउनेछस्। “म मात्र तेरा परमप्रभु परमेश्‍वर हुँ, म आफ्‍नो महिमा अरू कुनै देवी-देवतालाई दिनेछैनँ। म आफ्‍नो प्रशंसा कुनै मूर्तिलाई दिनेछैनँ। मैले उहिले भनेका कुराहरू अहिले पूरा भए। अब म तिमीहरूलाई नयाँ कुराहरू ती हुनुभन्दा अघि नै भन्‍नेछु।”

यशैया 42 पढ्नुहोस्