YouVersion लोगो
खोज आइकन

यशैया 42:1-9

यशैया 42:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“मेरा दास यहाँ छन्, जसलाई म समर्थन गर्दछु, मेरो चुनिएका जन, जसमा म प्रसन्‍न हुन्‍छु। तिनमा म मेरो आत्‍मा राखिदिनेछु। तिनले जाति-जातिहरूमा न्‍याय ल्‍याउनेछन्‌। तिनी चिच्‍च्‍याउनेछैनन्, वा कराउनेछैनन्‌ अथवा तिनले आफ्‍नो सोर सड़कमा सुनाउनेछैनन्‌। फुटेको निगालो तिनले भाँच्‍नेछैनन्, र धिपधिप भइरहेको सलेदो तिनले निभाउनेछैनन्‌। तिनले विश्‍वस्‍ततामा न्‍याय गर्नेछन्‌। जबसम्‍म तिनले पृथ्‍वीमा इन्‍साफ स्‍थापित गरिसक्‍दैनन्‌ तबसम्‍म न त तिनी दुर्बल हुनेछन्, न निरुत्‍साहित हुनेछन्‌। तिनको व्‍यवस्‍थामा टापूहरूले आफ्‍नो आशा राख्‍नेछन्‌।” परमेश्‍वर परमप्रभु यसो भन्‍नुहुन्‍छ— आकाश सृष्‍टि गरेर त्‍यो फैलाउनुहुने, अनि पृथ्‍वी र त्‍यसबाट उत्‍पन्‍न हुने सबैलाई फैलाउनुहुने, र त्‍यसमा भएका मानिसहरूलाई सास अनि त्‍यसमा हिँड्‌डुल गर्नेहरूलाई आत्‍मा दिनुहुने: “म, परमप्रभुले तिमीलाई मेरो धार्मिकताअनुसार बोलाएको छु। म तिम्रो हात समात्‍नेछु, र तिम्रो रक्षा गर्नेछु। तिमीलाई नै म जाति-जातिहरूका निम्‍ति करार र अन्‍यजातिहरूका निम्‍ति ज्‍योति बनाउनेछु, अन्‍धाहरूका आँखा खोल्‍नलाई, कैदीहरूलाई कारागारबाट र अन्‍धकारमा बस्‍नेहरूलाई कैदी राख्‍ने तहखानाबाट निकाल्‍नलाई। “म परमप्रभु हुँ, मेरो नाउँ त्‍यही हो! मेरो महिमा म अरूलाई दिनेछैनँ, अथवा मेरो प्रशंसा मूर्तिहरूलाई दिनेछैनँ। हेर, पहिलेका कुराहरू भइसके, र नयाँ कुराहरू म बताउँछु। ती हुनभन्‍दा अघि नै म तिनका विषयमा तिमीहरूलाई प्रकाशित गर्नेछु।

शेयर गर्नुहोस्
यशैया 42 पढ्नुहोस्

यशैया 42:1-9 पवित्र बाइबल (NERV)

“मेरो दासलाई हेर! म उसलाई सम्हाल्नेछु, उसलाई मात्र रोजेको हुँ। अनि म उसँग एकदम खुशी छु। मैले मेरो आत्मा उसमा हालीदिए। उसले जातिहरूमा निष्पक्ष न्याय गर्नेछ। उनी गल्लीहरूमा कराएर बोल्ने छैनन्, उनी चिच्याउनेछैनन्, नत उच्च स्वरमा कराउने छन्। ऊ भद्र हुनेछ, उसले पानीको छेउमा उम्रने निगालो सम्म भाँच्ने छैन। उसले निभ्न लागेको कम्जोर दियोलाई सम्म फुकी निभाउने छैन्। उसले निष्पक्ष रूपमा जाँच गरेर सत्य कुरा निकाल्ने छ। उसले जबसम्म संसारमा खास इन्साफ ल्याउने छैन, तबसम्म ऊ कमजोर हुने छैन। नत शिथिल नै हुने छ अनि टाढा देशमा बस्ने मानिसहरूले उनमाथि विश्वास राख्नेछन्।” परमप्रभु, साँच्चो परमेश्वरले यी कुराहरू भन्नुभयो। (परमप्रभुले आकाशहरू बनाउनु भयो। परमप्रभुले आकाशलाई पृथ्वीभरि नै फैलाउनु भयो। उहाँले पृथ्वीमा अन्य थोकहरू पनि बनाउनु भयो। परमप्रभुले पृथ्वीमा भएका सारा मानिसहरूभित्र प्राण संचार गर्नुहुन्छ। परमप्रभुले प्रत्येक मानिसलाई आत्मा प्रदान गर्नु भयो जो पृथ्वीमा हिँड्दछन्।) “म, परमप्रभुले, तिमीलाई मेरो धार्मिकता-अनुसार बोलाएको छु। म तिम्रो हात समाउने छु। अनि म तिम्रो रक्षा गर्नेछु। तिमी त्यस्तो चिन्ह हुनेछौ जसले देखाउँदछ। मानिसहरूसँग मेरो करार भएको। तिमी सारा मानिसहरूका निम्ति प्रज्वलित ज्योति हुनेछौ। तिमीले अन्धाका आँखाहरू खोलि दिने छौ, अनि तिनीहरूले देख्न सक्नेछन्। धेरै मानिसहरू कैदमा छन, तिमीले तिनीहरूलाई स्वतन्त्र पार्नेछौ, धेरै मानिसहरू अन्धकारमा बस्दछन्, तिमीले तिनीहरूलाई त्यस कदैबाट निकाल्नेछौ। “म परमप्रभु हुँ, मेरो नाउँ यहोवा हो। मेरो महिमा म अरूलाई दिने छैन्। म झूटा देवताहरूलाई प्रशंसा लैजान दिने छैन, जुन मेरो हुनुपर्नेछ। शुरूमा नै केही घटना हुनेछ भनेर भनी सकेको थिए अनि ती घटनाहरू भए। अनि अब, यी घटनाहरू हुनु अघि नै, केही कुराहरू म तिमीहरूलाई बताउनेछु जुन भविष्यमा हुनेछ।”

शेयर गर्नुहोस्
यशैया 42 पढ्नुहोस्

यशैया 42:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु भन्‍नुहुन्‍छ, “यो मेरो सेवक हो, जसलाई म बल दिँदछु, जसलाई मैले छानेको छु, जोसित म खुसी छु। मैले त्‍यसलाई मेरो आत्‍माले भरेको छु र त्‍यसले प्रत्‍येक जातिमा न्‍याय ल्‍याउनेछ। त्‍यो चिच्‍च्‍याउनेछैन वा सोर उचाल्‍नेछैन, बाटो-बाटोमा जोडले बोली सुनाउनेछैन। त्‍यसले नुहेको निगालोलाई भाँच्‍नेछैन, निभ्‍न लागेको दियोलाई निभाउनेछैन, त्‍यसले सबैसित अटल न्‍याय गरिदिनेछ। त्‍यसले आफ्‍नो आशा र साहस हराउनेछैन, त्‍यसले पृथ्‍वीमा न्‍याय स्‍थिर गर्नेछ, टाढा-टाढाका देशहरूले उत्‍सुक भई त्‍यसका व्‍यवस्‍थामा आशा राख्‍नेछन्।” परमेश्‍वरले आकाश बनाएर टाँग्‍नुभयो। उहाँले पृथ्‍वी र त्‍यसका सारा प्राणी सृजना गर्नुभयो। पृथ्‍वीका सबै मानिसहरूमा सास र जीवन हालिदिनुभयो। अब परमप्रभु परमेश्‍वर आफ्‍नो सेवकलाई भन्‍नुहुन्‍छ, “पृथ्‍वीमा न्‍याय होस् भनी म, परमप्रभुले मेरो धार्मिकताअनुसार तँलाई बोलाएको छु र तँलाई सम्हाल्‍नेछु। तँद्वारा म जाति-जातिसित एउटा करार बाँध्‍नेछु, तँद्वारा म जाति-जातिमा ज्‍योति दिनेछु। तैँले अन्‍धाका आँखा खोलिदिनेछस्, अँध्‍यारो झ्‍यालखानमा बसेकाहरूलाई त्‍यहाँबाट छुटाउनेछस्। “म मात्र तेरा परमप्रभु परमेश्‍वर हुँ, म आफ्‍नो महिमा अरू कुनै देवी-देवतालाई दिनेछैनँ। म आफ्‍नो प्रशंसा कुनै मूर्तिलाई दिनेछैनँ। मैले उहिले भनेका कुराहरू अहिले पूरा भए। अब म तिमीहरूलाई नयाँ कुराहरू ती हुनुभन्दा अघि नै भन्‍नेछु।”

शेयर गर्नुहोस्
यशैया 42 पढ्नुहोस्