YouVersion लोगो
खोज आइकन

यशैया 40:3-11

यशैया 40:3-11 सरल नेपाली

एउटा आवाज सुनिन्‍छ, “उजाड-स्‍थानमा परमप्रभुको निम्‍ति एउटा बाटो तयार पार! मरुभूमिमा हाम्रा परमेश्‍वरको निम्‍ति एउटा बाटो सीधा पार! हरेक बेसीमा माटो भर, हरेक पर्वत होच्‍याओ? डाँडाहरू मैदान बनिनेछन् र खाल्‍टा-खुल्‍टी जमिन समतल पारिनेछ। तब परमप्रभुको महिमा प्रकट हुनेछ, सबै मानिसहरूले एकसाथ देख्‍नेछन् किनभने परमप्रभु आफैंले यस्‍तो प्रतिज्ञा गर्नुभएको छ।” एउटा सोर सुनिन्‍छ, “एउटा खबर जोडले सुनाऊ!” “कस्‍तो खबर सुनाऊँ?” म सोध्‍दछु। “सबै मानिसहरू घाँसजस्‍ता छन्, तिनीहरूको आयु जङ्गलको फूलजस्‍तै छ भनी सुनाऊ। घाँस सुकिजान्‍छ, फूल झरिहाल्‍छ किनकि परमप्रभुले तीमाथि बतास बहाउनुहुन्‍छ, साँच्‍चै मानिसहरू घाँसजस्‍ता छन्। हो, घाँस सुकिजान्‍छ र फूल झरिहाल्‍छ, तर हाम्रा परमेश्‍वरको वचन सधैँभरि रहन्‍छ।” हे यरूशलेम, अग्‍लो पर्वतमाथि जा र यो शुभ समाचार सुना! हे सियोन, ठूलो सोर उचाल् र यो शुभ समाचार भन्! नडराई बोल्। यहूदा सहरलाई भन् कि तिनीहरूका परमेश्‍वर आउँदै हुनुहुन्‍छ! हेर, शक्तिसाथ राज्‍य गर्न सार्वभौम परमप्रभु आउँदै हुनुहुन्‍छ, उहाँको इनाम र प्रतिफल उहाँसँगै छ, उहाँले आफ्‍नो बगाललाई गोठालाले झैँ समाल्‍नुहुनेछ, थुमाहरूलाई एकसाथ भेला गरी अँगालोमा लिनुहुनेछ, तिनका माऊहरूलाई बिस्‍तारै डोर्‍याउनुहुनेछ।

यशैया 40 पढ्नुहोस्