YouVersion लोगो
खोज आइकन

यशैया 40:3-11

यशैया 40:3-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

कसैले बोलाइरहेको एउटा आवाज सुनिन्‍छ: “मरुभूमिमा परमप्रभुको निम्‍ति बाटो तयार गर। उजाड़-स्‍थानमा हाम्रा परमेश्‍वरको निम्‍ति मूलबाटो समतल बनाऊ। हरेक उपत्‍यका अल्‍गो बनाइनेछ, हरेक पर्वत र डाँड़ा होच्‍याइनेछ। बाङ्गो-टेढ़ो जग्‍गा सीधा बनाइनेछ, र खाल्‍टाखुल्‍टी समतल बनाइनेछ। अनि परमप्रभुको महिमा प्रकट गरिनेछ, र सारा मानव-जातिले त्‍यो एकैसाथ देख्‍नेछन्, किनकि परमप्रभुको मुखले नै भनेको छ।” एउटा आवाजले भन्‍छ, “करा।” अनि मैले भने, “म के भनेर कराऊँ?” “सबै प्राणी घाँसजस्‍तै हुन्, र तिनका सबै गौरव घाँसको फूलजस्‍ता। घाँस ओइलाउँछ, फूल झरिहाल्‍छ, किनभने परमप्रभुको सास तीमाथि फुकिन्‍छ। निश्‍चय नै मानिसहरू घाँस नै हुन्‌। घाँस ओइलाउँछ, फूलहरू झरिहाल्‍छ, तर हाम्रा परमेश्‍वरको वचन सधैँभरि अटल रहनेछ।” सियोनलाई शुभ समाचार सुनाउने हो, तिमी अग्‍लो पर्वतमा जाऊ। यरूशलेमलाई शुभ समाचार सुनाउने हो, जोडसँग तिम्रो सोर उचाल, सोर उचाल, नडराऊ। यहूदाका नगरहरूलाई भन, “हेर, तिमीहरूका परमेश्‍वर यहीँ हुनुहुन्‍छ!” हेर, परमप्रभु परमेश्‍वर पराक्रमसाथ आउँदैहुनुहुन्‍छ, र उहाँको हातले शासन गर्नुहुन्‍छ। हेर, उहाँको इनाम उहाँसितै छ, र उहाँको प्रतिफल उहाँकै साथमा छ। उहाँले आफ्‍नो बगाललाई गोठालाले झैँ चराउनुहुन्‍छ। उहाँले थुमाहरूलाई आफ्‍नै अँगालोमा लिनुहुन्‍छ, र तिनीहरूलाई आफ्‍नै हृदयको नजिक बोक्‍नुहुन्‍छ। उहाँले ससाना बच्‍चा भएकालाई चाहिँ बिस्‍तार-बिस्‍तार डोर्‍याउनुहुन्‍छ।

शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्

यशैया 40:3-11 पवित्र बाइबल (NERV)

सुन, कोही मानिस चिच्याइरहेको छ! “मरुभूमिमा परमप्रभुका लागि एउटा बाटो तयार गर। मरुभूमिमा हाम्रो परमेश्वरको लागि चिल्लो बाटो बनाऊ। प्रत्येक बेंसी पूर्ण गर प्रत्येक पर्वत र पहाडलाई मैदान बनाऊ। बाङ्गो-टेढो परेका बाटोहरू सोझो बनाऊ। खस्रो मैदानलाई चिल्लो बनाऊ। तब, परमप्रभुको महिमा प्रकट गरिनेछ। अनि सँग-सँगै सारा मानिसहरूले परमप्रभुको महिमा देख्नेछन्। हो, परमप्रभु, स्वयंले यी कुराहरू भन्नु भएको थियो!” एउटा आवाजले भन्यो, “बोल।” यसकारण मानिसले भन्यो, “मैले के भन्नु पर्छ?” त्यो आवाजले भन्यो, “तिनीहरू सबै घाँस जस्ता हुन्। तिनीहरूको धर्म जङ्गली फूल जस्तै हो। परमप्रभुबाट एक प्रवाहपूर्ण वायु घाँसमाथि बहनेछ अनि घाँस मर्नेछ र फुल झर्नेछ। हो, जम्मै मानिसहरू घाँस जस्तै हुन्। घाँस मर्दछ र जङ्गली फूलहरू झर्दछ। तर हाम्रो परमेश्वरको वचन निरन्तर रहिरहन्छ।” सियोन, भन्नलाई तिमीसँग सुसमाचारहरू छन्। तिमी अल्गो पर्वतमाथि जाऊ र चिच्याउँदै सुसमाचार प्रचार गर। हे यरूशलेम! भन्नलाई तिमीसँग सुसमाचार छन्। नडराऊ, कराएर बोल। यी समाचार यहूदाका सारा शहरहरूमा भन “हेर, यहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ।” परमप्रभु मेरा मालिक पराक्रमसाथ आइरहनु भएकोछ। उहाँ सबै मानिसहरूमाथि शासन गर्न बल प्रयोग गर्नुहुनेछ। परमप्रभुले आफ्ना मानिसहरूको राम्रो कर्मकोलागि, पुरस्कार ल्याउनु हुनेछ। असल गोठालेले झैं परमप्रभुले आफ्ना मानिसहरूको हेरचाहा गर्नुहुन्छ। साना पाठो आफ्नो पाखुरामा च्यापे झैं उहाँले आफ्ना भेंडा़हरू एकत्रित पार्नुहुनेछ। तिनीहरूका आमाहरू उहाँको पछाडि हिंड्नेछन्।

शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्

यशैया 40:3-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

एउटा आवाज सुनिन्‍छ, “उजाड-स्‍थानमा परमप्रभुको निम्‍ति एउटा बाटो तयार पार! मरुभूमिमा हाम्रा परमेश्‍वरको निम्‍ति एउटा बाटो सीधा पार! हरेक बेसीमा माटो भर, हरेक पर्वत होच्‍याओ? डाँडाहरू मैदान बनिनेछन् र खाल्‍टा-खुल्‍टी जमिन समतल पारिनेछ। तब परमप्रभुको महिमा प्रकट हुनेछ, सबै मानिसहरूले एकसाथ देख्‍नेछन् किनभने परमप्रभु आफैंले यस्‍तो प्रतिज्ञा गर्नुभएको छ।” एउटा सोर सुनिन्‍छ, “एउटा खबर जोडले सुनाऊ!” “कस्‍तो खबर सुनाऊँ?” म सोध्‍दछु। “सबै मानिसहरू घाँसजस्‍ता छन्, तिनीहरूको आयु जङ्गलको फूलजस्‍तै छ भनी सुनाऊ। घाँस सुकिजान्‍छ, फूल झरिहाल्‍छ किनकि परमप्रभुले तीमाथि बतास बहाउनुहुन्‍छ, साँच्‍चै मानिसहरू घाँसजस्‍ता छन्। हो, घाँस सुकिजान्‍छ र फूल झरिहाल्‍छ, तर हाम्रा परमेश्‍वरको वचन सधैँभरि रहन्‍छ।” हे यरूशलेम, अग्‍लो पर्वतमाथि जा र यो शुभ समाचार सुना! हे सियोन, ठूलो सोर उचाल् र यो शुभ समाचार भन्! नडराई बोल्। यहूदा सहरलाई भन् कि तिनीहरूका परमेश्‍वर आउँदै हुनुहुन्‍छ! हेर, शक्तिसाथ राज्‍य गर्न सार्वभौम परमप्रभु आउँदै हुनुहुन्‍छ, उहाँको इनाम र प्रतिफल उहाँसँगै छ, उहाँले आफ्‍नो बगाललाई गोठालाले झैँ समाल्‍नुहुनेछ, थुमाहरूलाई एकसाथ भेला गरी अँगालोमा लिनुहुनेछ, तिनका माऊहरूलाई बिस्‍तारै डोर्‍याउनुहुनेछ।

शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्

यशैया 40:3-11

यशैया 40:3-11 NNRVयशैया 40:3-11 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्