YouVersion लोगो
खोज आइकन

यशैया 21:11-17

यशैया 21:11-17 सरल नेपाली

यो अगमवाणी एदोमबारे हो: “ए पहरेदार, रात अब कति बाँकी छ? कहिले यसको अन्‍त हुन्‍छ, मलाई भनिदेऊ, कसैले मलाई एदोमबाट सोध्‍यो।” मैले जवाफ दिएँ, “बिहान हुन लाग्‍यो। तर फेरि रात पर्नेछ। तिमीलाई फेरि केही सोध्‍नु छ भने फेरि आएर सोधे हुन्‍छ।” अरब देशबारे यो अगमवाणी हो: ददानका बासिन्‍दाहरू हो, जसका यात्रा-दलले अरब देशका उजाडभूमिमा पाल हाल्‍दछन्, तिमीहरूकहाँ आउने तिर्खाएका मानिसहरूलाई पानी पिउन देओ। हे तेमाका बासिन्‍दाहरू हो, तिमीहरूको शरण पर्न आएकाहरूलाई भोजन देओ। तिनीहरूलाई मार्न उठाएका तरवार र तानेका धनु र लडाइँका विपद्‌बाट बाँच्‍न मानिसहरू भागिरहेका छन्। तब परमप्रभुले मलाई भन्‍नुभयो, “आजको ठीक एक वर्षमा केदारका कुल-कुलका महान्‌ताको अन्‍त हुनेछ। धनु-काँड चलाउनेहरू केदारका बहादुर मानिसहरू हुन् तर तिनीहरू थोरै मात्र बाँच्‍नेछन्। म परमप्रभु, इस्राएलका परमेश्‍वर बोलिरहेको छु।”

यशैया 21 पढ्नुहोस्