YouVersion लोगो
खोज आइकन

यशैया 21:11-17

यशैया 21:11-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

दुमाको विषयमा ईश्‍वरवाणी: “ए पहरादार, रात कति बाँकी छ? ए पहरादार, रात कति रहेको छ?” भनेर कसैले मलाई सेइरबाट भन्‍दैछ। पहरादारले जवाफ दिन्‍छ, “बिहान हुँदैछ, र रात पनि पर्दैछ। तिम्रो केही सोध्‍नु छ भने सोध, र फेरि फर्केर आऊ।” अरब देशको विषयमा ईश्‍वरवाणी: ए ददानीहरूका यात्री दल, जो अरब देशका झाड़ीहरूमा वास बस्‍छौ, तिर्खाएकाहरूका निम्‍ति पानी ल्‍याओ। तेमामा बस्‍नेहरूले शरणार्थीहरूका निम्‍ति खानेकुरा ल्‍याओ। तिनीहरू तरवारबाट, नाङ्गो तरवारबाट, नुहेका धनुबाट, र घोर लड़ाइँबाट भाग्‍छन्‌। परमप्रभु मलाई यसो भन्‍नुहुन्‍छ, “एक वर्षभरिलाई ज्‍यालामा काम गर्ने नोकरले वर्ष गनेअनुसार, एकै वर्षमा केदारको सबै शान अन्‍त हुनेछ। धनुर्धारीहरू, केदारका योद्धाहरूमध्‍ये बाँचेकाहरू थोरै मात्र हुनेछन्‌।” परमप्रभु इस्राएलका परमेश्‍वरले त्‍यसै भन्‍नुभएको छ।

शेयर गर्नुहोस्
यशैया 21 पढ्नुहोस्

यशैया 21:11-17 पवित्र बाइबल (NERV)

दूमाबारे एक दु:खको सन्देश: कसैले मलाई एदोम देखि डाक्यो, “हे प्रहरी, रात अझ कति बाँकी छ? कहिले सम्म बस्नु पर्ने हो!” प्रहरीले जवाफ दिन्छ, “बिहान हुँदैछ तर फेरि रात आउने नै हो। यदि तिमीलाई केही सोध्नु छ भने फर्केर आऊ र सोध।” अरब बारे एउटा शोक सन्देश: ददानका मरुभूमिका यात्री समूहले! अरब मरुभूमिको रूखहरूमाझ रात बिताए। तेमाका मानिसहरू तिमीहरूले तिर्खाको केही यात्रीहरूलाई पानी अनि भोजन दियौ। ती मानिसहरू जो मारिनलाई तयार थिए तरवारबाट भागि रहेका थिए। तिनीहरू धनुबाट भागि रहेका थिए। जो छोडिनलाई तयार थिए, तिनीहरू कठिन साथ युद्ध भूमिबाट भागिरहेका थिए। परमप्रभु, मेरो मालिक, ती हुने कुराहरू मलाई बताउनु भयो। परमप्रभुले भन्नुभयो, “एक बर्ष भित्रमा ज्यालामा काम गर्ने नोकरले समय गने जस्तै केदारको सम्पूर्ण गौरव जानेछ। त्यस समयमा केदारका केही धनुर्धारी, महान सेनाहरू मात्र त्यहाँ रहनेछन्।” परमप्रभु, इस्राएलका परमेश्वरले ती कुराहरू मलाई बताउनु भयो।

शेयर गर्नुहोस्
यशैया 21 पढ्नुहोस्

यशैया 21:11-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यो अगमवाणी एदोमबारे हो: “ए पहरेदार, रात अब कति बाँकी छ? कहिले यसको अन्‍त हुन्‍छ, मलाई भनिदेऊ, कसैले मलाई एदोमबाट सोध्‍यो।” मैले जवाफ दिएँ, “बिहान हुन लाग्‍यो। तर फेरि रात पर्नेछ। तिमीलाई फेरि केही सोध्‍नु छ भने फेरि आएर सोधे हुन्‍छ।” अरब देशबारे यो अगमवाणी हो: ददानका बासिन्‍दाहरू हो, जसका यात्रा-दलले अरब देशका उजाडभूमिमा पाल हाल्‍दछन्, तिमीहरूकहाँ आउने तिर्खाएका मानिसहरूलाई पानी पिउन देओ। हे तेमाका बासिन्‍दाहरू हो, तिमीहरूको शरण पर्न आएकाहरूलाई भोजन देओ। तिनीहरूलाई मार्न उठाएका तरवार र तानेका धनु र लडाइँका विपद्‌बाट बाँच्‍न मानिसहरू भागिरहेका छन्। तब परमप्रभुले मलाई भन्‍नुभयो, “आजको ठीक एक वर्षमा केदारका कुल-कुलका महान्‌ताको अन्‍त हुनेछ। धनु-काँड चलाउनेहरू केदारका बहादुर मानिसहरू हुन् तर तिनीहरू थोरै मात्र बाँच्‍नेछन्। म परमप्रभु, इस्राएलका परमेश्‍वर बोलिरहेको छु।”

शेयर गर्नुहोस्
यशैया 21 पढ्नुहोस्