YouVersion लोगो
खोज आइकन

यशैया 14:28-32

यशैया 14:28-32 सरल नेपाली

आहाज राजा मरेको वर्ष यो अगमवाणी भयो: “हे पलिश्‍ती देश तँलाई हिर्काउने लौरो भाँचियो तर तैँले रमाउने केही कारण छैन। जब एउटा साँप मर्छ, अर्को अझ खतरनाक साँप त्‍यसको ठाउँमा आउँछ। साँपका फुलबाट उड्‍ने विषालु सर्प निस्‍कन्‍छन्, परमप्रभु आफ्‍ना गरीब प्रजाको गोठालो हुनुहुनेछ र तिनीहरूलाई कुशलसित बास गर्न दिनुहुनेछ। तर तँ पलिश्‍ती देशमा उहाँले एउटा डरलाग्‍दो अनिकाल पठाउनुहुनेछ र तेरा कसैलाई जिउँदो छोड्‍नेछैन। “हे पलिश्‍तीका सहरहरू हो, ठूलो सोरले रोओ। तिमीहरू सबैले डर मान! उत्तरबाट धुवाँको बादल आइरहेको छ, त्‍यो एउटा सेना हो, जसमा एक जना पनि काँतर छैन।” पलिश्‍तीबाट खबर लिएर आउने मानिसहरूलाई हामीले कस्‍तो उत्तर दिनु? हामी तिनीहरूलाई परमप्रभुले सियोनलाई दरिलो बनाउनुभएको छ र उहाँका कष्‍ट पाएका प्रजा अब त्‍यहाँ कुशलसाथ रहनेछन् भनी भन्‍नेछौं।

यशैया 14 पढ्नुहोस्