त्यसो हुँदा पवित्र आत्माले भन्नुभएझैँ: “आज तिमीहरूले परमेश्वरका आवाज सुन्यौ भने तिमीहरूका पुर्खाले परमेश्वरको विरोध गरेर मन कठोर भएजस्तो नहोओ। तिनीहरूले मरुभूमिमा परमेश्वरको जाँच गरेर उहाँको विरोध गरे। त्यहाँ तिमीहरूका पुर्खाले चालीस वर्षसम्म मैले गरेको काम देखेर पनि पत्याएनन् र मलाई जाँचे। त्यसैले ती मानिसहरूसँग मलाई रिस उठ्यो र मैले भनें, ‘यी मानिसहरू कति धेरै अविश्वासी छन्। तिनीहरू मेरो बाटोमा हिंड्नै मानेनन्। यसैकारण मैले रिसमा शपथ खाएर भनें, “तिनीहरू मैले विश्राम दिने ठाउँमा कहिल्यै पस्न पाउनेछैनन्।” दाजुभाइहरू, होश राख। तिमीहरूमा कोही पनि विश्वास नगर्ने पापी हृदयको भएर जिउँदा परमेश्वरलाई नछोडोस्। तर धर्मशास्त्रमा ‘आज’ भनेको समय रहुञ्जेल प्रत्येक दिन एक-अर्कालाई हौसला देओ। नत्रता पापको छलछामले हृदय नै कठोर पारिदिन्छ। हाम्रो सुरुको भरोसामा हामी आखिरिसम्म दिगो रह्यौं भने हामी ख्रीष्टसँग साझे हकदार हुनेछौं।
हिब्रू 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रू 3:7-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू