YouVersion लोगो
खोज आइकन

हिब्रू 10:35-39

हिब्रू 10:35-39 सरल नेपाली

यसैकारण हरेस नखाओ। तिमीलाई यसको ठूलो इनाम मिल्‍नेछ। परमेश्‍वरकै मनपर्ने काम गर्न र उहाँले प्रतिज्ञा गर्नुभएका कुराहरू पाउन तिमीहरू धीरजी होओ। धर्मशास्‍त्रमा लेखिएको छ, “अब आउनुहुने आइहाल्‍नुहुनेछ, बियाँलो गर्नुहुनेछैन।” “मेरो अघि धर्मी ठहरिएका जनहरूले चाहिँ विश्‍वास गर्नेछन् र बाँच्‍नेछन्, तर तीमध्‍ये कसैले मलाई त्‍यागेर गयो भने म त्‍यसलाई मन पराउनेछैनँ।” हामीहरू फर्केर बिनाशमा पुग्‍ने मानिसहरू होइनौं तर विश्‍वास गर्नेहरू र बचाइएकाहरू हौं।

हिब्रू 10 पढ्नुहोस्