YouVersion लोगो
खोज आइकन

हिब्रू 10:35-39

हिब्रू 10:35-39 नेपाली समकालीन संस्करण (NCV)

यसकारण आफ्नो आत्मविश्‍वास नत्याग, जसमा ठूलो इनामको प्रतिफल छ। तिमीहरूले स्थिर भइरहनु खाँचो छ; किनकि तिमीहरूले परमेश्‍वरको इच्छा पूरा गरिसकेपछि उहाँले प्रतिज्ञा गर्नुभएको कुरा प्राप्‍त गर्नेछौ। किनकि धर्मशास्त्रमा लेखिएको छ, अब केही बेरमा “उहाँ, जो आउँदै हुनुहुन्छ, आउनुहुनेछ, विलम्ब गर्नुहुनेछैन।” अनि, “तर मेरो धर्मी जनचाहिँ विश्‍वासद्वारा नै जिउनेछ। अनि जो पछि हट्छ, म ऊसित प्रसन्‍न हुनेछैनँ।” तर हामीचाहिँ पछि हट्ने र नष्‍ट हुनेमध्येका होइनौं, तर हामी विश्‍वासद्वारा हाम्रो प्राण बचाइएकाहरू मध्येका हौं।

शेयर गर्नुहोस्
हिब्रू 10 पढ्नुहोस्

हिब्रू 10:35-39 पवित्र बाइबल (NERV)

यसर्थ उत्साह नहराऊ जुन तिमीहरूको अतीतमा थियो। तिम्रा उत्साहलाई प्रशस्त पुरस्कार दिइन्छ। तिमीहरूलाई चाहिएको धैर्य हो। परमेश्वरले चाहनु भएको कुरो गरेपछि उहाँले वाचा गरेको कुरो तिमीहरूले पाउने छौं। चाँडै नै, “जो आउनु हुँदैछ आउनुँ नै हुनेछ। उहाँले विलम्ब गर्नु हुनेछैन। जो अहिले मसित धर्मी छ, उसको विश्वासको कारणले जीवन पाउने छ। तर यदि त्यस मानिसले भयले मुख फर्काउँछ भने, म उसित प्रसन्न रहनेछैनँ।” तर हामी तिनीहरू मध्येका होइनौं जो डरले फर्कन्छन् र नष्ट भएकाछन्। होइन हामी त विश्वास भएका मानिसहरू हौं, र बचाइएका छौं।

शेयर गर्नुहोस्
हिब्रू 10 पढ्नुहोस्

हिब्रू 10:35-39

हिब्रू 10:35-39 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्