YouVersion लोगो
खोज आइकन

हिब्रू 1:3-5

हिब्रू 1:3-5 सरल नेपाली

परमेश्‍वरको ठूलो उज्‍यालो उहाँमा चम्‍कन्‍छ। उहाँ परमेश्‍वरको साँचो रूप हुनुहुन्‍छ। उहाँको शक्तिशाली वचनले नै आकाश र पृथ्‍वीका सबै कुरा अडिएका छन्। मान्‍छे जातिलाई पापबाट क्षमा दिलाउने काम सकेपछि उहाँ सर्वोच्‍च परमेश्‍वरको दाहिनेपट्टि बस्‍नुभएको छ। स्‍वर्गदूतहरूभन्दा पुत्र महान् हुनुहुन्‍छ किनभने परमेश्‍वरले उहाँलाई स्‍वर्गदूतहरूलाई भन्दा पनि अति उच्‍च नाउँ दिनुभयो। परमेश्‍वरले कुनै स्‍वर्गदूतलाई यसो भन्‍नुभएन, “तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई जन्‍माएको छु।” फेरि के कुनै स्‍वर्गदूतको बारेमा यसरी भन्‍नुभएको छ र, “म तिनका पिता हुनेछु, तिनी मेरा पुत्र हुनेछन्।”

हिब्रू 1 पढ्नुहोस्