उहाँ नै परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ, र सम्पूर्ण विश्वलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ। पापको शुद्धि गर्नुभएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च स्थानमा उहाँ विराजमान हुनुभयो। जसरी उहाँले प्राप्त गर्नुभएको नाउँ स्वर्गदूतहरूका भन्दा उत्तम छ, त्यसरी नै उहाँ तिनीहरूभन्दा अझ उच्च ठहरिनुभएको छ। “तिमी मेरा पुत्र हौ, मैले नै आज तिमीलाई जन्माएको छु” भनी के कुनै स्वर्गदूतलाई परमेश्वरले कहिल्यै भन्नुभयो? र फेरि, “म तिनका पिता हुनेछु, र तिनी मेरा पुत्र हुनेछन्” भनी कुनै स्वर्गदूतलाई कहिल्यै भन्नुभयो?
हिब्रू 1 पढ्नुहोस्
सुन्नुहोस् हिब्रू 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रू 1:3-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू