YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 7:1-10

उत्‍पत्ति 7:1-10 सरल नेपाली

परमप्रभुले नोआलाई भन्‍नुभयो, “आफ्‍ना जहान सबै सँगै लिएर भित्र जा। संसारभरिमा ठीक काम गर्ने तँलाई मात्र मैले पाएँ। विधिअनुसार जुन पशुहरू शुद्ध छन्, तिनका सात-सात जोडी तर अशुद्ध पशुहरूका चाहिँ एक-एक जोडी मात्र आफूसँग लिनू। पंक्षीहरू पनि हरथरी सात-सात जोडी लिनू। त्‍यसो गर्नुपर्छ किनभने हरथरीका पशु-पंक्षी बचाएर राख्‍नुपर्छ र तिनीहरू फेरि पृथ्‍वीमा बढ्दै जानेछन्। अबको सात दिनपछि म वर्षा ल्‍याउनेछु, पानी चालीस दिन र चालीस रातसम्‍म पर्नेछ र मैले बनाएका सबै जिउँदा प्राणीहरू नाश हुनेछन्।” परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार सबै कुरा नोआले गरे। नोआको उमेर ६०० वर्षको हुँदा पृथ्‍वीमा जलप्रलय भएको थियो। नोआ, उनकी स्‍वास्‍नी, उनका छोराहरू र बुहारी, जलप्रलयको भलदेखि बाँच्‍न नाउभित्रै गए। परमेश्‍वरले आज्ञा गर्नुभएझैँ शुद्ध वा अशुद्ध हरथरीका पशु-पंक्षी, जोडी-जोडी, भाले-पोथी गरी नोआसित नाउमा पसे। सात दिनपछि पानीको भल आयो।

उत्‍पत्ति 7 पढ्नुहोस्