तब परमप्रभुले नोआलाई भन्नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र जाओ। किनभने यस पुस्तामा मेरो सामु तँलाई मैले धर्मी देखेको छु। सबै जातका शुद्ध पशुहरूमध्येका सात जोड़ी, अर्थात् भाले र पोथी, र जुन-जुन शुद्ध छैनन् तिनीहरूमध्येका दुई, अर्थात् भाले र पोथी, र पक्षीहरूमध्येका पनि सात जोड़ी, अर्थात् भाले र पोथी समस्त पृथ्वीमा तिनीहरूका जातिहरूलाई जीवित राख्न तिनीहरूलाई तैंले ल्याउनू। अबको सात दिनमा म पृथ्वीमा चालीस दिन र चालीस रात पानी बर्साउनेछु। जति प्राणीलाई मैले बनाएको छु, ती सबैलाई पृथ्वीबाट नाश गर्नेछु।” तब परमप्रभुले तिनलाई हुकुम गर्नुभएबमोजिम नोआले सबै गरे। नोआ छ सय वर्षको हुँदा पृथ्वीमा जलप्रलय भएको थियो। नोआ, तिनका छोराहरू, तिनकी पत्नी तथा तिनका बुहारीहरू जलप्रलयको पानीबाट बाँच्नलाई जहाजमा गए। शुद्ध पशुहरू र अशुद्ध पशुहरू, पक्षीहरू र भूइँमा घस्रने हरेक प्राणी परमेश्वरको हुकुमबमोजिम जोड़ी-जोड़ी, अर्थात् भाले र पोथी नोआकहाँ जहाजमा आए। अनि ठीक सात दिनपछि पृथ्वीमा जलप्रलयको पानी पर्न लाग्यो।
उत्पत्ति 7 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 7:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू