कयिन र उनकी स्वास्नीको एउटा छोरो भयो र उनीहरूले त्यसको नाम हनोक राखे। त्यसपछि कयिनले एउटा सहर बसाले र त्यसको नाम आफ्नो छोराको नाममा ‘हनोक’ राखे। हनोकको एउटा छोरो भयो, जसको नाम ईराद थियो अनि यी महूयाएलको बुबा भए। महूयाएलका एउटा मतूशाएल नाम गरेको छोरा भए, जो लेमेखका बुबा भए। लेमेखका आदा र सिल्ला नाम गरेका दुईवटा स्वास्नीहरू थिए। आदाले याबाललाई जन्माइन्। याबाल पशु पाल्नेहरू र पालमा बस्नेहरूका पुर्खा भए। उसको भाइ यूबालचाहिँ सबै बाँसुरी र वीणा बजाउनेहरूका पुर्खा भए। सिल्लाले तूबलकयिनलाई जन्माइन्, उनले सबै थरीका काँसा र फलामका हतियारहरू बनाउँथे। तूबल-कयिनका बहिनी नामा थिइन्। लेमेखले आफ्ना स्वास्नीहरूलाई भने, “ए आदा र सिल्ला! मेरो कुरा सुन्, मैले एक जना युवकलाई मारेको छु किनभने त्यसले मलाई चोट लाएको थियो। यदि कयिन मारिंदा त्यसका सट्टामा सात गुणा बदला लिइन्छ, कसैले मलाई मार्यो भने त्यसको सट्टामा सतहत्तर गुणा बदला लिइनेछ।” आदम र तिनकी स्वास्नीको अर्को एउटा छोरो भयो। हव्वाले भनिन्, “परमेश्वरले मलाई कयिनले मारेको हाबिलका सट्टामा अर्को छोरा दिनुभयो।” आदमले त्यसको नाम शेत राखे। शेतको एउटा छोरो भयो, त्यसको नाम एनोश राखे। त्यस समयदेखि मानिसहरूले परमप्रभुलाई पुज्दा उहाँको पवित्र नाउँ पुकार्न थाले।
उत्पत्ति 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 4:17-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू