YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 39:13-23

उत्‍पत्ति 39:13-23 सरल नेपाली

त्‍यसरी आफ्‍ना लुगा छोडी योसेफ घरबाट भागेको देखी तिनले घरको चाकरहरूलाई बोलाएर भनिन्, “ल, यो हेर, मेरो स्‍वामीले ल्‍याएको यस हिब्रूले मेरो बेइज्‍जत गर्‍यो। त्‍यो मेरो कोठामा आएर जब्‍बरजस्‍ती मसित सुत्‍न खोज्‍यो। म जोडले चिच्‍च्‍याएँ।” म चिच्‍च्‍याएको सुनेर त्‍यो आफ्‍नो लुगा मेरो छेउमा छोडी भाग्यो। मालिक घर नआउञ्‍जेल तिनले योसेफको लुगा आफूसित राखिन्। त्‍यसपछि तिनले लोग्‍नेलाई त्‍यही कुरा सुनाइन्, “तपाईंले ल्‍याएको हिब्रू कमारोले मेरो कोठामा आएर मेरो बेइज्‍जती गर्‍यो। तर म चिच्‍च्‍याउँदा आफ्‍नो लुगा छेउमा छोडी त्‍यो बाहिर गयो।” योसेफका मालिक रिसले राँकिए। योसेफलाई पक्रेर तिनले राजाका कैदीहरू थुन्‍ने झ्‍यालखानमा हालिदिए। योसेफ झ्‍यालखानमा थुनुवा भएर बसे। तर परमप्रभु योसेफसँग हुनुहुन्‍थ्‍यो। उहाँले तिनलाई आशिष् दिनुभयो र झ्‍यालखानको अधिकृत उनीसित प्रसन्‍न भए। तिनले योसेफलाई अरू जम्‍मै कैदीहरूमाथि नायक खटाए र झ्‍यालखानमा हुने सबै काम उनको जिम्‍मा लाइदिए। योसेफको खटनमा हुने कामको लागि अधिकृतले केही फिक्री गर्नुपर्दैनथ्‍यो किनभने परमप्रभु योसेफसित हुनुहुन्‍थ्‍यो र उनले हात हालेको सबै काममा उनलाई सफल तुल्‍याउनुहुन्‍थ्‍यो।

उत्‍पत्ति 39 पढ्नुहोस्