जब याकूब पद्दन-आरामदेखि फर्की आए, परमेश्वरले उनलाई फेरि दर्शन दिनुभयो र आशीर्वाद दिनुभयो। परमेश्वरले उनलाई भन्नुभयो, “तेरो नाम याकूब हो तर अब उसो इस्राएल हुनेछ।” यसरी उनलाई परमेश्वरले इस्राएल नाम दिनुभयो। अनि परमेश्वरले उनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ। तेरा धेरै सन्तानहरू हुनेछन्। तँबाट जाति-जातिहरू जन्मनेछन् र तँ राजाहरूका पुर्खा हुनेछस्। मैले अब्राहाम र इसहाकलाई दिएको देश तँलाई र तँपछि तेरो वंशलाई दिनेछु।” तब परमेश्वर बिदा हुनुभयो। त्यहाँ परमेश्वरले कुरा गर्नुभएको ठाउँमा याकूबले एउटा स्मारक ढुङ्गा ठड्याए र त्यसमाथि दाखमद्य र भद्राक्षको तेल खनाएर त्यसलाई अभिषेक गरे। त्यस ठाउँको नाम उनले बेथेल राखे।
उत्पत्ति 35 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 35:9-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू