याकूब पद्दन-आरामबाट आएपछि परमेश्वर फेरि तिनीकहाँ देखा परेर तिनलाई आशिष् दिनुभयो। परमेश्वरले तिनलाई भन्नुभयो, “तेरो नाउँ त याकूब हो, तर अबदेखि उप्रान्त तँलाई याकूब भनिनेछैन, तेरो नाउँ इस्राएल हुनेछ।” यसैले तिनको नाउँ इस्राएल भयो। परमेश्वरले तिनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ। फल्दै-फुल्दैजा, र संख्यामा तेरो वृद्धि होस्। एउटा जाति र जातिहरूको समूह तँबाट उत्पन्न हुनेछन्, र राजाहरू पनि तँबाट उत्पन्न हुनेछन्। अब्राहाम र इसहाकलाई मैले दिएको देश म तँलाई दिनेछु, र म त्यो देश तँपछि हुने तेरा सन्तानलाई दिनेछु।” तब तिनीसँग कुरा गर्नुभएको ठाउँबाट परमेश्वर उक्लिहाल्नुभयो। परमेश्वर तिनीसँग कुरा गर्नुभएको ठाउँमा याकूबले ढुङ्गाको एउटा खामो खड़ा गरे। अनि तिनले त्यसमा अर्घ-बलि चढ़ाएर तेल खन्याए। परमेश्वरले तिनीसँग कुरा गर्नुभएको त्यस ठाउँको नाउँ याकूबले बेथेल राखे।
उत्पत्ति 35 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 35
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 35:9-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू