एसावले याकूबलाई घृणा गर्न लागे किनभने त्यसले बुबाको आशिष् खोसी लिएका थिए। उसले विचार गर्न लागे, “अब बुबाको मरण नजिक छ, त्यसपछि म याकूबलाई मार्नेछु।” जब रिबेकाले एसावको त्यस्तो विचार छ सुनिन्, उनले याकूबलाई बोलाएर भनिन्, “मेरो कुरा सुन्। तेरो दाजु एसावले तँसित बदला लिने र तँलाई मार्ने उपाय गर्दै छ। मेरो छोरो! अब म जे भन्छु, त्यो गर्। झट्टै हारानमा मेरो दाजु लाबानको घरमा जा। एसावको रिस नमरुञ्जेल त्यहीँ उनीसित केही दिन बस्। अनि तैँले के गरिस्, त्यो एसावले नबिर्सुञ्जेल तँ त्यहाँ बस्। त्यसपछि कसैलाई म तँलाई बोलाउन पठाउनेछु। एकैचोटि किन मैले दुवै छोराहरू गुमाउनू?” रिबेकाले इसहाकलाई भनिन्, “एसावका विदेशी स्वास्नीहरूदेखि मलाई दिक्क लागेको छ र म थाकिसकें। अब याकूबले पनि यहाँको हित्ती केटी विवाह गर्यो भने म मरे पनि हुन्छ।”
उत्पत्ति 27 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 27:41-46
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू