आफ्ना पिताले याकूबलाई दिएको त्यस आशिष्ले गर्दा एसावले तिनीसँग दुश्मनी गर्न लागे, र एसावले मनमनै भने, “मेरा पिताको मर्ने बेला नजिकै आइपुगेको छ। त्यसपछि म मेरो भाइ याकूबलाई मार्नेछु।” तर तिनका जेठा छोरा एसावको यो कुरा रिबेकाकहाँ पुग्यो। यसकारण रिबेकाले आफ्ना कान्छा छोरा याकूबलाई बोलाएर भनिन्, “हेर्, तेरो दाजु एसावले तँलाई मार्ने विचार गरेर आफ्नो चित्त बुझाएको छ। यसकारण ए छोरो, मैले भनेको कुरा मान्। तँ हारानमा मेरा दाजु लाबानकहाँ भागेर जा, र तेरो दाजुको रीस नमरुञ्जेल केही दिन त्यहाँ उनीसँग बस्। तैंले तेरो दाजुमाथि गरेको काम त्यसले बिर्सेर तँसँग गरेको रीस मरेपछि म तँलाई त्यहाँबाट लिन पठाउनेछु। एकै दिनमा तिमीहरू दुवै जनाको वियोग मैले किन सहने?” तब रिबेकाले इसहाकलाई भनिन्, “यहाँका हित्ती स्त्रीहरूले गर्दा मेरो जीवनै हैरान भइसक्यो। याकूबले यस देशका केटीहरूमध्ये यस्तै एउटी केटीलाई विवाह गर्यो भने म बाँचेर के फाइदा हुन्छ?”
उत्पत्ति 27 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 27
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 27:41-46
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू