YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 27:21-29

उत्‍पत्ति 27:21-29 सरल नेपाली

इसहाकले याकूबलाई भने, “मेरो छेउमा आइज त। म तँलाई छामुँ। साँच्‍चै तँ एसाव होस्?” याकूब बुबाको छेउमा गए। इसहाकले त्‍यसलाई छामे र भने, “तेरो सोर त याकूबको जस्‍तो छ तर पाखुरा भने एसावको जस्‍तो लाग्‍यो।” याकूबको पाखुरा एसावको जस्‍तो भुत्‍लैभुत्‍ला भएकोले उनले त्‍यसलाई चिनेनन्। आशीर्वाद दिन लाग्‍दा उनले एकपल्‍ट फेरि सोधे, “के तँ साँच्‍चै एसाव नै होस् त?” तिनले उत्तर दिए, “हजुर, म उही हुँ।” इसहाकले भने, “मलाई अलिकता मासु दे। त्‍यो खाएर म तँलाई आशीर्वाद दिनेछु।” याकूबले उनलाई मासु खुवायो र केही मद्य पनि पिउन दियो। तब बुबाचाहिँले उनलाई भने, “मेरो छोरा, छेउमा आएर मलाई म्‍वाइँ खा।” म्‍वाइँ खानलाई याकूब अघि जाँदा इसहाकले एसावको लुगाको गन्‍ध पाए र त्‍यसलाई आशीर्वाद दिए। उनले भने, “मेरो छोराको सुगन्‍ध परमप्रभुले आशिष् दिनुभएको खेतबारीको सुगन्‍धजस्‍तै छ। परमेश्‍वरले आकाशबाट शीत दिऊन् र तेरो खेतबारी मलिलो बनाइदेऊन्। उहाँले तँलाई प्रशस्‍त अन्‍न र दाखमद्य देऊन्, जाति-जातिका मानिसहरू तेरा दास होऊन् र तिनीहरूले तँलाई दण्‍डवत् गरून्। तैँले आफ्‍ना सारा कुटुम्‍बमाथि राज्य गरेस् र तेरी आमाका सन्‍तानले तेरा सामु दण्‍डवत् गरून्। तँलाई सराप दिनेहरूले सराप पाऊन् र तँलाई आशिष् दिनेहरूले आशिष् पाऊन्।”

उत्‍पत्ति 27 पढ्नुहोस्