YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 27:21-29

उत्‍पत्ति 27:21-29 NNRV

तब इसहाकले याकूबलाई भने, “छोरो, नजिकै आइज, तँ मेरो छोरो एसाव होस्‌ कि होइनस्‌ म यसो हेरूँ।” याकूब आफ्‍ना पिताको नजिकै गए, र इसहाकले तिनलाई छामेर भने, “सोर त याकूबको हो, तर हातहरू त एसावकै हुन्‌।” तिनका हातहरू तिनका दाजु एसावकै हातजस्‍ता रौँ नै रौँ भएका हुनाले इसहाकले तिनलाई चिनेनन्‌। तब इसहाकले याकूबलाई आशिष्‌ दिए। इसहाकले तिनलाई सोधे, “के तँ साँच्‍चै मेरो छोरो एसाव नै होस्‌ त?” याकूबले जवाफ दिए, “म एसाव नै हुँ।” तब इसहाकले भने, “तैंले शिकार गरेको मासु यहाँ ले, र म खाऊँ, र तँलाई आशिष्‌ दिऊँ।” तब याकूबले त्‍यो आफ्‍ना पिताकहाँ ल्‍याए, र उनले खाए। अनि तिनले दाखमद्य पनि लगिदिए, र उनले पिए। तब तिनका पिता इसहाकले तिनलाई भने, “मेरो नजिकै आएर मलाई म्‍वाइँ खा, मेरो छोरो।” याकूब नजिक गएर आफ्‍ना पितालाई म्‍वाइँ खाए। अनि इसहाकले तिनका लुगाहरूको गन्‍ध सुँघेर यसो भनी आशिष्‌ दिए, “हेर, मेरो छोराको बास्‍ना, परमप्रभुले आशिष्‌ दिनुभएको खेतको बास्‍नाजस्‍तै छ। परमेश्‍वरले तँलाई आकाशको शीतबाट र पृथ्‍वीको प्रचुरताबाट धेरै दाखमद्य र अन्‍न देऊन्। जाति-जातिले तेरो सेवा गरून्‌। र मानिसहरूले तँलाई दण्‍डवत्‌ गरून्‌। तेरा दाजुभाइहरूमाथि तेरो प्रभुत्‍व होस्, र तेरी आमाका छोराहरूले तँलाई दण्‍डवत्‌ गरून्‌। तँलाई सराप्‍नेहरू सबै श्रापित होऊन्, र तँलाई आशिष्‌ दिनेहरू सबैले आशिष्‌ पाऊन्‌।”