परमेश्वरले भन्नुभयो, “तेरो एकमात्र छोरो इसहाक, जसलाई तँ औधी प्रेम गर्छस्, त्यसलाई लिएर मोरीयाह देशमा जा। त्यहाँ म तँलाई एउटा डाँडा देखाउनेछु र त्यस डाँडामा तैँले त्यसलाई मेरो लागि होमबलि गर्।” भोलिपल्ट बिहानै अब्राहामले होमबलिको लागि केही दाउरा काटे, आफ्नो गधामा भारी बाँधे र इसहाक र दुई जना चाकरहरू साथमा लिए। परमेश्वरले उनलाई भन्नुभएको ठाउँमा जान तिनीहरू हिँडे। तेस्रो दिनमा अब्राहामले त्यस ठाउँलाई टाढैबाट देखे। तब उनले आफ्ना चाकरहरूलाई भने, “तिमीहरू यहीँ गधासँग बस। म र यो केटो त्यहाँ गई आराधना गर्नेछौं। त्यसपछि हामी फर्की आउनेछौं।” होमबलिको लागि लिएका दाउरा अब्राहामले इसहाकलाई बोक्न लगाए र आफैंले चाहिँ एउटा छुरी र आगो सल्काउन केही बलिरहेका आगोका कोइला लिए। सँगसँगै हिँडिरहेको बेलामा इसहाकले “बुबा!” भनी बोलायो। उनले जवाफ दिए, “के हो, मेरो छोरो?” इसहाकले सोध्यो, “हामीसित आगो र दाउरा त छन् तर होमबलिको निम्ति भेडाको थुमा खोइ?” अब्राहामले उत्तर दिए, “परमेश्वर आफैंले थुमा जुटाइदिनुहुनेछ।” अनि ती दुई सँगसँगै अघि बढे।
उत्पत्ति 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 22:2-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू