उहाँले भन्नुभयो, “तेरो छोरो, अर्थात् तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँड़ामा त्यसलाई होमबलि गर्।” अब्राहाम बिहानै उठेर गधामा काठी कसे, र आफ्ना कमाराहरूमध्येका दुई जना र छोरो इसहाकलाई साथमा लिए, र होमबलिको निम्ति दाउरा चिरेर परमेश्वरले तिनलाई भन्नुभएको त्यस ठाउँमा हिँड़े। तेस्रो दिन अब्राहामले हेर्दा टाढ़ामा त्यो ठाउँ देखे। तब अब्राहामले आफ्ना कमाराहरूलाई भने, “तिमीहरू यहीँ गधासँग बस। म र यो केटो ऊ परसम्म गएर पूजा गरी तिमीहरूकहाँ फर्केर आउनेछौं।” अब्राहामले होमबलिको दाउरा उठाएर आफ्नो छोरो इसहाकलाई बोकाए, र आगो र छुरी आफ्नो हातमा लिए। यसरी ती दुवै जना सँगसँगै गए। इसहाकले आफ्ना पिता अब्राहामलाई भने, “बुबा।” तिनले भने, “के हो, छोरा?” त्यसले भन्यो, “यी आगो र दाउरा त छन्, तर होमबलिको थुमाचाहिँ खोइ?” अब्राहामले भने, “छोरा, परमेश्वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ।” अनि ती दुवै सँगसँगै गए।
उत्पत्ति 22 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 22
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 22:2-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू