भोलिपल्ट बिहानै अब्राहामले हागारलाई केही खाना र एउटा छालाको मशकभरि पानी काँधमा राखिदिए र बालकसाथ त्यसलाई बिदा गरिदिए र घरबाट निकालिदिए। त्यो हिँडी र बेर्शेबाको जङ्गलमा यताउता डुल्न लागी। पानी सबै सिद्धिएपछि बालकलाई एउटा पोथ्रामुनि छोडिराखेर आफू सय मिटरजति टाढा गएर बसी। त्यसले मनमा भनी, “मेरो बालक मरेको म हेर्न सक्दिनँ।” त्यो त्यहाँ बसेर रुन लागी। परमेश्वरले बालक रोएको सुन्नुभयो र स्वर्गबाट परमेश्वरका दूतले हागारलाई भने, “हागार, तँलाई के कुराको दु:ख पर्यो? नडरा। परमेश्वरले बालक रोएको सुन्नुभएको छ। उठ्, गएर त्यसलाई उठा र फकाएर शान्त पार्। त्यसका वंशबाट म एउटा ठूलो जाति बनाउनेछु।” तब परमेश्वरले त्यसका आँखा खोलिदिनुभयो र त्यसले एउटा इनार देखी। त्यसले गएर मशकमा पानी भरी र केही पानी बालकलाई खुवाई। बालक बढ्दैगयो अनि परमेश्वर त्योसित हुनुहुन्थ्यो। त्यो पारानको जङ्गलमा बस्न लाग्यो र एउटा सिपालु शिकारी भयो।
उत्पत्ति 21 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 21:14-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू