YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 21:14-20

उत्‍पत्ति 21:14-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अब्राहामले बिहानै उठेर रोटी र पानीको एउटा मशक हागारको काँधमा राखिदिए, र बालकलाई पनि त्‍यसकै साथ लगाएर बिदा गरिदिए। अनि हागार बेर्शेबाको उजाड़-स्‍थान हुँदो डुल्‍न लागी। जब मशकको पानी सिद्धियो तब तिनले बालकलाई एउटा पोथ्रोमुनि छोड़ेर आफैचाहिँ उतापट्टि एक काँड़ले पार गर्ने दूरीमा बसी, किनकि “मैले यो बालक मरेको हेर्नु नपरोस्‌” भनी त्‍यसले मनमा सोची। अनि हागार त्‍यहाँ बसेर डाँको छोड़ी-छोड़ी रुन लागी। परमेश्‍वरले बालकको सोर सुन्‍नुभयो। अनि परमेश्‍वरका दूतले स्‍वर्गबाट हागारलाई हपारेर भने, “ए हागार, तँलाई के दु:ख पर्‍यो? नडरा, किनभने बालक भएको ठाउँबाट त्‍यसको सोर परमेश्‍वरले सुन्‍नुभएको छ। उठ्, गएर बालकलाई उठा, र त्‍यसको हात बलियो गरी पक्री नै राख्, किनभने म त्‍यसबाट एउटा ठूलो जाति खड़ा गर्नेछु।” तब परमेश्‍वरले तिनका आँखा खोलिदिनुभयो, र तिनले एउटा पानीको कूवा देखी, र गएर मशकमा पानी भरेर बालकलाई पिउन दिई। परमेश्‍वर त्‍यस बालकको साथ रहनुभयो। त्‍यो बढ्‌दैगयो, र उजाड़-स्‍थानमा बसेर एक धनुर्धारी बन्‍यो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 21 पढ्नुहोस्

उत्‍पत्ति 21:14-20 पवित्र बाइबल (NERV)

अर्को दिन बिहानै अब्राहामले केही खाने कुरा र पानी ल्याए र हागारलाई दिए। हागारले ती कुराहरू लिई अनि आफ्नो छोरा लिएर हिंडी। हागारले त्यो ठाउँ छोडी अनि बेर्शेबाको मरुभूमिमा यता उता घुमी हिंड्न थालिन्। केही समयपछि मशकको पानी सिद्धियो र पिउने पानी पनि थिएन। यसर्थ उनले आफ्नो छोरोलाई पोथ्रोमुनि राखिन्। तब तिनी गइन् अनि आफ्नो छोरादेखि केही पर बसिन्। तिनले आफैंलाई यस्तो भनिन्, म मेरो छोरालाई तिर्खाले मर्दै गरेको देख्न चाहन्न। आफ्नो छोराको मृत्यु शोक सही नसक्नु हुनेवाला थियो, तिनी आफ्नो छोराको लागि नराम्रो घतले रून थालिन्। परमेश्वरले हागारको छोरो रोएको सुन्नु भयो। अनि र्स्वगबाट परमेश्वरका स्वर्गदूत हागार कहाँ आए। उनले सोधे, “हागार तिमीलाई के कष्ट छ? परमेश्वरले बालक रोएको सुन्नुभयो। जाऊ, अनि बालकलाई सहायता गर उसको हात समात अनि सँग-सँगै हिंडाऊ। म उसलाई धेरै-धेरै मानिसहरूको पिता बनाउनेछु।” परमेश्वरले हागारको आँखा यसरी उघारी दिनु भयो उनले एउटा पानीको कुवा देखिन्। यसर्थ पानीको कूवामा तिनी गइन् अनि पानीको मशक पहिले भरिन् त्यपछि छोरोलाई पानी पिउन दिइन्। जबसम्म हागारको छोरो ठूलो भएन परमेश्वर ऊसँग नै रहनु भयो। इश्माएल मरुभूमिमा नै बस्यो र त्यहाँ एक शिकारी भयो। उनले तीर चलाउन राम्ररी सिकेको थियो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 21 पढ्नुहोस्

उत्‍पत्ति 21:14-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

भोलिपल्‍ट बिहानै अब्राहामले हागारलाई केही खाना र एउटा छालाको मशकभरि पानी काँधमा राखिदिए र बालकसाथ त्‍यसलाई बिदा गरिदिए र घरबाट निकालिदिए। त्‍यो हिँडी र बेर्शेबाको जङ्गलमा यताउता डुल्‍न लागी। पानी सबै सिद्धिएपछि बालकलाई एउटा पोथ्रामुनि छोडिराखेर आफू सय मिटरजति टाढा गएर बसी। त्‍यसले मनमा भनी, “मेरो बालक मरेको म हेर्न सक्‍दिनँ।” त्‍यो त्‍यहाँ बसेर रुन लागी। परमेश्‍वरले बालक रोएको सुन्‍नुभयो र स्‍वर्गबाट परमेश्‍वरका दूतले हागारलाई भने, “हागार, तँलाई के कुराको दु:ख पर्‍यो? नडरा। परमेश्‍वरले बालक रोएको सुन्‍नुभएको छ। उठ्, गएर त्‍यसलाई उठा र फकाएर शान्‍त पार्‌। त्‍यसका वंशबाट म एउटा ठूलो जाति बनाउनेछु।” तब परमेश्‍वरले त्‍यसका आँखा खोलिदिनुभयो र त्‍यसले एउटा इनार देखी। त्‍यसले गएर मशकमा पानी भरी र केही पानी बालकलाई खुवाई। बालक बढ्दैगयो अनि परमेश्‍वर त्‍योसित हुनुहुन्‍थ्‍यो। त्‍यो पारानको जङ्गलमा बस्‍न लाग्‍यो र एउटा सिपालु शिकारी भयो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 21 पढ्नुहोस्