अनि यसरी विश्वको सृष्टि गर्नुभयो। परमप्रभु परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको बेलामा पृथ्वीमा रूखपात थिएन र कुनै बिउ उम्रेको थिएन किनभने त्यतिञ्जेलसम्म उहाँले पानी वर्षाउनुभएको थिएन र जमिन खनजोत गरी रोप्ने कोही मानिस थिएन, तर भूइँमुनिबाट पानी उम्रेर आई जमिन भिजाउँथ्यो। तब परमप्रभु परमेश्वरले जमिनबाट माटो लिनुभयो र त्यसबाट मानिस बनाउनुभयो र उसका नाकमा जीवनको सास फुकिदिनुभयो र मानिस जिउँदो प्राणी भयो। तर परमप्रभु परमेश्वरले पूर्वपट्टि अदनमा एउटा बगैँचा लगाउनुभयो र उहाँले बनाउनुभएको मानिसलाई त्यहाँ राख्नुभयो। उहाँले त्यहाँ सबै प्रकारका हेर्नमा असल र खानमा राम्रा फल दिने रूखहरू उमार्नुभयो। बगैँचाका बीचमा जीवनको रूख अनि असल र खराबको ज्ञान दिने रूख पनि लगाइएका थिए। अदनमा एउटा नदी बग्थ्यो र बगैँचालाई भिजाउँथ्यो, अदन नाघेर गएपछि त्यो नदी भङ्गालो छुट्टिएर चारवटा भएको थियो। पहिलो नदी पीशोन हो, यो हवीला देशको चारैपट्टि घुमेर बग्छ। (त्यहाँ निखुर सुन र हतपत नपाइने सुगन्ध तेल र दामी पत्थरहरू पाइन्छन्।) दोस्रो नदी गीहोन हो, यो कूश देशको चारैपट्टि बग्छ। तेस्रो नदी टाइग्रिस हो, यो अश्शूर देशको पूर्वमा बग्छ अनि चौथो नदी यूफ्रेटिस हो। तब परमप्रभु परमेश्वरले मानिसलाई अदनको बगैँचामा त्यसको गोड-गाड र हेरचाहा गरोस् भनी राख्नुभयो। उहाँले त्यसलाई भन्नुभयो, “असल र खराबको ज्ञान दिने रूखको फल छोडेर बगैँचाका अरू सबै रूखका फल तँ खान सक्छस्। त्यस रूखको फल भने तैँले नखानू, खाइस् भने त्यही दिन तँ मर्नेछस्।”
उत्पत्ति 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 2:4-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू