तब परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस एक्लै बस्न असल छैन। त्यसको लागि म एउटा सुहाउने सहयोगी बनाइदिनेछु।” उहाँले जमिनबाट केही माटो लिनुभयो र सबै पशु र चरा-चुरुङ्गीहरू बनाउनुभयो। तब तिनीहरूलाई के-के नाम दिने रहेछ भनी हेर्नलाई उहाँले तिनीहरूलाई मानिसकहाँ ल्याउनुभयो। त्यसरी तिनीहरूले आ-आफ्ना नाम पाए। त्यसरी मानिसले सबै चरा-चुरुङ्गी र पशुहरूलाई नाम दियो तर तीमध्ये कुनै पनि उसलाई सुहाउने र सहायता दिने साथी भएन। तर परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो र त्यसरी सुतेको बेलामा उहाँले उसको एउटा करङ निकाल्नुभयो र त्यसमा मासु भरिदिनुभयो। त्यस करङबाट उहाँले एउटी नारी बनाउनुभयो र उसकहाँ ल्याउनुभयो। तब मानिसले भन्यो: “अन्तमा, यो त मजस्तै रहेछ। मेरो हाडबाट लिएको हाड र मेरो मासुबाट लिएको मासु, यिनलाई ‘स्त्री’ भनिनेछ किनभने यिनी पुरुषबाट निकालिएकी थिइन्।” त्यसैकारण मानिसले आफ्ना बुबाआमा छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ र ती दुई एउटै शरिर हुन्छन्।
उत्पत्ति 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 2:18-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू