YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 2:10-14

उत्‍पत्ति 2:10-14 सरल नेपाली

अदनमा एउटा नदी बग्‍थ्‍यो र बगैँचालाई भिजाउँथ्‍यो, अदन नाघेर गएपछि त्‍यो नदी भङ्गालो छुट्टिएर चारवटा भएको थियो। पहिलो नदी पीशोन हो, यो हवीला देशको चारैपट्टि घुमेर बग्‍छ। (त्‍यहाँ निखुर सुन र हतपत नपाइने सुगन्‍ध तेल र दामी पत्‍थरहरू पाइन्‍छन्।) दोस्रो नदी गीहोन हो, यो कूश देशको चारैपट्टि बग्‍छ। तेस्रो नदी टाइग्रिस हो, यो अश्‍शूर देशको पूर्वमा बग्‍छ अनि चौथो नदी यूफ्रेटिस हो।

उत्‍पत्ति 2 पढ्नुहोस्