YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 2:10-14

उत्‍पत्ति 2:10-14 NNRV

बगैँचा भिजाउनलाई अदनबाट एउटा नदी निस्‍केको थियो, र त्‍यहाँबाट छुट्टिएर त्‍यो चार वटा शाखा भएको थियो। पहिलो नदीको नाउँ पीशोन हो। यो त्‍यही नदी हो, जुन हवीलाको समस्‍त मुलुकमा बग्छ, जहाँ सुन पाइन्‍छ। त्‍यस देशको सुन असल हुन्‍छ। त्‍यहाँ खोटो र आनिक्‍सहरू छन्‌। दोस्रो नदीको नाउँ गीहोन हो। कूशको समस्‍त देशमा बग्ने नदी यही हो। तेस्रो नदीको नाउँ टाइग्रिस हो। यो अश्‍शूरको पूर्वतिर बग्छ र चौथो नदी यूफ्रेटिस हो।